लन्डन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएका छन् । म्यानचेस्टर युनाइटेडले मंगलबार रोनाल्डोलाई आधिकारिक रूपमा भिœयाएको पुष्टि गरेको छ ।
युनाइटेडले ५ पटकको बालोन डि ओर विजेता ३६ वर्षीय रोनाल्डोलाई २ वर्षका लागि २० मिलियन पाउन्डमा क्लबमा भित्र्याउन सफल भएको हो । युनाइटेडले युभेन्ट्सलाई १२.९ मिलियन पाउन्डसँगै थप बोनस दिनेछन् । ओल्ड ट्राफोर्ड छाडेर रियल मड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले रोनाल्डोलाई भित्र्याउने पक्काजस्तै भइसकेको थियो । त्यसयता युनाइटेडले रोनाल्डो लिन प्रयास थालेको थियो । रोनाल्डो सिटी जाने चर्चा चलिरहँदा युनाइटेडका समर्थकले क्लबको जर्सी जलाएका थिए ।
त्यसको केही समयपछि नै युनाइटेड व्यवस्थापक ओले गनर सोल्सायरले रोनाल्डो क्लबमा आउने पुष्टि गरेका थिए । रोनाल्डो सन् २००९ मा त्यति बेलाको विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब रियल मड्रिडमा पुगेका थिए । रियलको सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले सन् २०१८ मा रियल छाड्दै युभेन्ट्स पुगेका थिए । रोनाल्डोले २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए । त्यसपछि रोनाल्डोले रियलमा नौ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए । युभेन्ट्समा तीन सिजन खेल्दा रोनाल्डोले १३४ खेलमा १०१ गोल गरेका छन् । उनी युभेन्ट्सबाट १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट तीन प्रिमियर लिग, दुई लिग कप र समान एकपटक एफए कप कम्युनिटी सिल्ड, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जितेका छन् । रियलबाट चारपटक च्याम्पियन्स लिग, दुईपटक ला लिगा, कोपा डेल रे, सुपर कोपा, यूईएफए सुपर कप र तीनपटक फिफा क्लब विश्वकप जितेका छन् । युभेन्ट्सबाट रोनाल्डोले तीन सिजनमा दुईपटक सिरी ‘ए’, दुईपटक सुपरकोपा र एकपटक कोपा इटालियासहित ५ उपाधि जित्न सफल भएका थिए । यो सिजन युभेन्ट्स सिरी ‘ए’को उपाधि जित्नबाट वञ्चित भएको थियो ।
सर एलेक्स फर्गुसनले रोनाल्डोलाई १८ वर्षको उमेरमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट २००३ मा अनुबन्ध गरेका थिए । रोनाल्डोले २००७÷०८ को सिजनमा ३८ खेलमा सर्वाधिक ३१ गोल गरेका थिए । यो कीर्तिमान २०१७÷१८ मा लिभरपुलका मोहम्मद सलाहले ३२ गोल गर्दै रोनाल्डोको कीर्तिमान तोडेका थिए । सिरी ‘ए’मा ९८ सिरी ‘ए’ खेलमा ८१ गोल गरेका छन् । च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले १७६ खेलमा १३४ गोल गरेका छन् । रोनाल्डोले व्यावसायिक खेल करियरमा ८९५ खेलमा ६७४ गोल गरेका छन् ।
‘जो कोही मलाई चिन्नुहुन्छ, म्यानचेस्टर युनाइटेडको लागि मेरो कहिल्यै अन्त्य नहुने प्रेम’bout जानकार छन् । यहाँ मैले राम्रो समय व्यतीत गरेको छु । यहाँ हामीले थुप्रै उपाधिसहित कीर्तिमान पनि बनाएका छौं ।’ म्यानचेस्टर युनाइटेडमा फर्किएपछि रोनाल्डोले भने, ‘म अहिले पनि मेरो भावनालाई व्याख्या गर्न सक्दिनँ, मेरो ओल्ड ट्राफोर्ड फिर्ता विश्वव्यापी भएको देख्छु । यो एक सपना साकार भएजस्तै हो । मेरो समर्थकले मलाई पहिला झै समर्थन गर्नेमा विश्वस्त छु ।
समर्थकबाट मैले माया र सम्मान महसुस गरेको छु ।’ मेरो पहिलो घरेलु लिग, मेरो पहिलो कप, पोर्चुगिज राष्ट्रिय टोलीमा पहिलोपटक कल, मेरो पहिलो च्याम्पियन्स लिग, मेरो पहिलो गोल्डेन बुट र मेरो पहिलो बालोन डि ओर ती सबै म र रेड डेभिल्सबीचको विशेष सम्बन्धमा जन्मिएका अवार्डहरू हुन् । यो इतिहास अतितमा लेखिएको छ र फेरि एकपटक इतिहास लेखाउन प्रयास गर्नेछु । म यही छु, म फर्किएको छु, फेरि एकपटक साथ दिनुहोस् सर एलेक्स यो तपाईँका लागि हो ।’