काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ । यस योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २६ र २७ फागुनमा कारोबार गर्दा २ सय जना भाग्यशाली ग्राहकलाई १ सय प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेस्टुरेन्टमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफर आदिको उपयोग गरी ग्राहकले फाइदा लिन सक्ने पनि बंैकले जनाएको छ ।
जसअनुसार बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा मासिक १५ हजार ४ सय रुपैयाँसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजार रुपैयाँसम्मको लाभ ग्राहकले लिइरहेको पनि बंैकले जनाएको छ । डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रूपमा स्थापित हुन सफल भइसकेको बैंकले विभिन्न छुट तथा नगद फिर्ता अफरका साथ अघि बढिरहेको पनि बैंकले जनाएको छ ।
बैकले प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रुपैयाँसम्म क्यास ब्याक, पहिलोपटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार दराजबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुटलगायत अफर बैंकले सञ्चालन गरिरहेको छ ।
बैैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशतसम्म छुट उपलब्ध हुने र यसका अतिरिक्त बैैंकका ग्राहकले मोबाइल बैंकिङ र डेबिट कार्ड प्रयोग गरी २ हजार बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ । बैंकले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजनाअन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी अधिकतम कारोबार संख्या गर्ने तीन जना ग्राहकले प्रत्येक साता जनही ५ सय तथा मासिक रूपमा अधिकतम कारोबार संख्या गर्ने तीन जना ग्राहकले जनही १ लाख रुपैयाँसम्मको नगद उपहार प्राप्त गर्दै आएको पनि बैंकले जनाएको छ ।
बैंकले सञ्चालन गरेका स्विप मोर, सेभ मोर, ‘भाट भटेनी क्यास ब्याक अफर, भ्यालेन्टाइन डे अफर, वल्ड लिंक क्यास ब्याक अफर, ‘फुडमान्डु क्यास ब्याक अफर’लगायतका विभिन्न अफरमा ग्राहकको सहभागिता रहेको पनि बैंकले जनाएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४ सय ५२ एटीएम, १ सय ७ वटा एक्स्टेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उल्लेख छ ।
करिब २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बंैकले जनाएको छ ।