थप २००४ मा काेराेना संक्रमण, १६ जनाको निधन

 

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार चार जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन् ।

संक्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७८६ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५४४ जना सघन उपचार कक्ष (आइसियु), १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ जना होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर