राजस्व छलीको भयानक रूप

सागर पण्डित

 

केही समयअघि मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत दुई वर्षको अवधिमा मात्रै २६ अर्ब बढी राजस्व छली भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । राजस्व छलीको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागले दुई वर्षको अवधिमा गरेको छानबिनलाई आधार मानी सरकारले त्यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । त्यस प्रकारको प्रतिवेदन सार्वजनिक गरे पनि तत्कालीन सरकारले राजस्व छली रोक्न प्रभावकारी उपायको अवलम्बन गर्न सकेको थिएन । त्यसैगरी सरकारले राजस्व छलीमा संलग्नलाई नै कडा कारबाही गर्ने गरी कानुनी व्यवस्था पनि गर्न सकेन ।

राजस्व अनुसन्धान विभागले राजस्व छली गर्नेविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि कतिपय मुद्दा कमजोर हुँदा राजस्व छली गर्नेहरू सजिलैसँग उम्कने गरेका छन् । फेरि राजस्व छली गर्नेहरूविरुद्धको कारबाहीमा न्यायालय पनि कठोर बन्न सकेको पाइँदैन । विभिन्न खाले सेटिङका कारण राजस्व छली गर्नेहरू न्यायालयबाट समेत सजिलै उम्कने गरेका छन् । कतिपय सरकारी निकायलाई त राजस्व लुट्नेहरूले मुठीमा नै घुमाउने गरेका छन् । राजनीतिक नेतृत्वको त अझै कुरै छोडांै । कैयौं राजनीतिक नेतृत्व राजस्व लुट्ने लुटेराहरूको वैसाखी टेकेर अगाडि बढिरहेका छन् । नेताहरूकै लालनपोषण गर्दै आइरहेका आर्थिक लुटेरा कानुनी र नीतिगत तहमा समेत पुग्न थालेका छन् । यो मुलुकका लागि गम्भीर चिन्ताको विषय हो ।

सरकार परिवर्तनसँगै पैदा भएको राजनीतिक अस्थिरताको मौका छोपी अहिले राजस्व छल्नेदेखि विभिन्न अवैध कार्य गर्नेहरूको समूह निकै सक्रिय भइरहेको छ । यस्तो अवस्थामा राजस्व अनुसन्धान विभागलगायतका सरोकारवाला सरकारी निकाय अझै बढी कामयावी र सक्रिय हुनुपर्ने हो । तर, अहिले राजस्व अनुसन्धान विभागलगायतका सरोकारवाला निकाय निष्क्रिय बन्न पुगेका छन् । यसैको मौका छोपेर राजस्व छली गर्नेहरू हौसिदै लुटतन्त्र मच्चाइरहेका छन् ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रसँग मिलेमतो गरी व्यवसायीले अर्बांै रुपैयाँ राजस्व छली गर्ने गरेका छन् ।
। केही कम्पनीहरूले त राजस्व छली गराउनकै लागि त्यस सम्बन्धमा ठगी गर्ने सीप भएका कर्मचारीहरू समेत गोप्य रूपमा राख्ने गरेका छन् । राजस्व छलीका विभिन्न रूप छन् ।

कतिपय व्यवसायीले सरकारलाई बुझाउनुपर्नेभन्दा कम राजस्व बुझाउने वा नवुझाउने नियतले ट्याक्स प्लानिङ गर्ने, राजस्व नबुझाउने वा कम बुझाउने गरिरहेका छन् । मुलुकमा राजस्व चुहावट कसुरसम्बन्धी कानुन भए पनि राजस्व छली गर्नेहरूले सो कानुनको पूर्ण रूपमा बेवास्ता गर्दै आइरहेका छन् । कानुन पालना गराउन सरकार चुक्दै आइरहेको छ भने कानुन पालना नगर्नेहरूलाई कडा कानुनी दायरामा ल्याउन सरकारी पक्ष असफल हँुदै आएको छ ।
अहिले त झनै सरकारले पूर्णता पाउनै सकेको छैन । त्यसैले यही भ्याकुमको अवस्थाको मौका छोपी कतिपय व्यवसायीले मनपर्दी गरिरहेका छन् । यद्यपि, केही इमानदार व्यवसायी नभएका होइनन् तर यो अस्वस्थ्य खेल र प्रतिस्पर्धामा इमानदार व्यवसायीहरू टिक्न सक्ने अवस्था छैन ।

विभिन्न खाले सेटिङका कारण राजस्व छली गर्नेहरू न्यायालयबाट समेत सजिलै उम्कने गरेका छन् । कतिपय सरकारी निकायलाई त राजस्व लुट्नेहरूले मुठीमा नै घुमाउने गरेका छन् । राजनीतिक नेतृत्वको त अझै कुरै छोडाैं । कैयाैं राजनीति नेतृत्व राजस्व लुट्ने लुटेराहरूको वैसाखी टेकेर अगाडि बढिरहेका छन् ।

राजनीतिक नेतृत्व सक्षम र इमानदार हुन नसक्दा नै राजस्व छली प्रवृत्तिले प्रश्रय पाइरहेको छ । राजनीतिक संक्रमणमा नै आर्थिकलगायतका विभिन्न अपराध बढेको पाइन्छ । भ्रष्टाचार, अनियमितता गर्ने र विकृत खेल खेल्नेहरूका लागि यस्तो अवस्था स्वर्णिम अवस्थासरह हो ।

राजस्व छली गरी सरकारलाई ठग्नु महाअपराध हो । त्यस्ता राजस्व छली गर्नेहरूलाई सामाजिक रूपमा नै बहिष्कार गरिनुपर्छ । व्यापारीहरूसँगको राजस्व छलीमा संलग्न हुने कर्मचारीहरूले पनि अकूत सम्पति आर्जन गरिरहेका छन् । त्यसैले राजस्व क्षेत्र र त्यहाँ कार्यरत कर्मचारी माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष निगरानी र छानबिन अघि बढाउनु आवश्यक छ ।

राजस्वका कर्मचारीहरूले अवैध रूपमा आर्जन गरेको रकम हुन्डीमार्फत विदेशमा पठाउने गरेका तथ्यसमेत बाहिर आइरहेका छन् । त्यसैले अख्तियारले राजस्व क्षेत्रलाई पनि आफ्नो विशेष निगरानीमा राखेर स्टिङ अप्रेसन सञ्चालन गर्नुपर्छ । हामीकहाँ बीउ नै मास्ने र खाने प्रवृत्ति अत्यधिक छ । त्यसैले पनि मुलुक कुशासनको चक्रमा पर्दै आएको हो ।
सरकारको अनुसन्धान गर्ने निकायले राजस्व छली गर्नेविरुद्ध प्रमाणसहित अदालतमा मुद्दा दायर गर्ने भए पनि अदालतले सो मुद्दालाई उच्च प्राथमिकतामा राखेको पाइँदैन । अदालतले फास्ट ट्र्याकमार्फत राजस्व छली गर्नेहरू विरुद्धको मुद्दा टुंगो लगाउनुपर्छ । सरकारले पनि अब राजस्व चुहावट र छली रोक्न आमनागरिकको सहयोग लिएर महाअभियान थाल्नुपर्छ ।

अब साँच्चै देशलाई संकटबाट बचाउने तथा विकास र समृद्धिमा लैजाने हो भने राजस्व छली गरेको प्रमाणित भएमा त्यस्ता व्यापारीलाई जेल हाली उनीहरूको सबै सम्पति राष्ट्रियकरण गर्न सकिनेगरी नयाँ कानुन ल्याउन ढिलाइ गर्नुहुँदैन

यसो त राजस्व छली गर्नेमाथि आक्रामक कारबाही थाल्नुका साथै सरकारले व्यावसायिक वातावरण भने राम्रो बनाइदिनुपर्छ । सरकारका आर्थिक नीतिहरू व्यवसायीमैत्री बनाइनुपर्छ । तर, यति गर्दागर्दै पनि कुनै व्यवसायीले राजस्व छली गर्छ भने उसलाई कठोर दण्डको भागीदार बनाउनैपर्छ । राजस्व छली गर्नेहरूलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ । यसका लागि नागरिकस्तरबाट पनि उपयुक्त खबरदारी आवश्यक छ ।

यदि वर्तमान सरकारले मुलुकमा वास्तविक रूपमा नै सुशासन कायम गराउन चाहन्छ भने विभिन्न छानबिन समिति बनाएर नै राजस्व छलीमा मिलिमतो गर्ने निकाय र कर्मचारीमाथि छानबिन गराउनुपर्छ वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि आग्रह गर्न सक्नुपर्छ ।

राजस्व चुहावट तथा छलीलगायत जग्गा अतिक्रमण, तस्करीजस्ता कार्यमा संलग्न हुनेमाथिको कारबाहीलाई सरकारले शसक्त बनाउनुपर्छ । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न समयमा भएका कर छलीका घट्नाको फाइलहरू खोजेर कारबाही प्रक्रिया अघि बढाउन सक्यो भने सरकार जनप्रिय हुन सक्छ । तर, वर्तमान सरकारका प्रारम्भिक कार्यहरू हेर्दा सुशासन कायम गर्ने दिशामा सरकार अग्रसर हुने अनुमान लगाउन कठिन हुँदै गएको छ ।

राजस्व छली गर्नेहरूले अपनाउने तरिका भनेकै न्यून बीजकीकरणको प्रक्रिया हो । व्यवसायीले गर्ने यस्तो छलीमा सरकारी निकायको पनि संलग्नता रहन्छ । सरकारी निकायको संलग्नता बेगर त्यस्तो कार्य हुनै सक्दैन् । त्यसैले सरकारी कर्मचारीले आफूले शपथ खाएअनुसार देश र जनताप्रति इमानदार भइदिए भने राजस्व छलीका घटनामा स्वतहः कमी आउने निश्चित छ ।

यदि सरकारका संयन्त्रहरू प्रभावकारी रूपमा सञ्चालन हुने हो भने न्यून बीजकीकरण गर्न सक्ने अवस्था रहँदैन । त्यस्तै, व्यवसायीले झुटा अनुमतिपत्रबाट सामान निकासी र पैठारी गरी राजस्व छली गर्ने गरेका छन् भने कागजात नक्कली बनाएर, करमुक्त वस्तु बजारमा बेचेर पनि राजस्व छली हुने गरेको छ । विशेषगरी अन्तशुल्क, आयकर, भन्सार र मूल्य अभिवृद्धिकरमा नै राजस्व चुहावट हुने गरेको छ । राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालय राजस्व छलीलाई रोक्न समन्वयत्मक रूपमा अघि बढ्नुपर्छ । यसैगरी राजस्व छली रोक्न र त्यस्तो प्रवृत्तिलाई निरुत्साहित बनाउन राजस्व न्यायाधीकरण पनि सक्रिय र संवदेनशील बन्न सक्नुपर्छ । यस विषयमा प्रहरी प्रधान कार्यालयअन्तगर्तको अपराध अनुसन्धान विभागले पनि आक्रामक कारबाही र अनुसन्धान गर्न सकेको छैन । सम्पति शुद्धीकरण अनुसन्धान विभाग पनि नुन खाएको कुखुरोजस्तो बन्न पुग्दा राजस्व छली गर्नेहरू थप कारबाहीको दायरामा आउन सकेका छैनन् ।

सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पनि कहिलेकाहीँ सेटिङकै आधारमा चल्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । विभागका उच्च अधिकारीमाथि नै आर्थिक अपराधीसँग साँठगाठ गरी उनीहरूलाई जोगाउने र त्यसबापत अकुत सम्पति आर्जन गर्ने गरेका आरोप लाग्ने गरेको छ । त्यसैले यस्ता निकायमा जाने सरकारी अधिकारीहरू इमानदार र नैतिकवान् हुनैपर्छ । अब साँच्चै देशलाई संकटबाट बचाउने तथा विकास र समृद्धिमा लैजाने हो भने राजस्व छली गरेको प्रमाणित भएमा त्यस्ता व्यापारीलाई जेल हाली उनीहरूको सबै सम्पति राष्ट्रियकरण गर्न सकिनेगरी नयाँ कानुन ल्याउन ढिलाइ गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित