कांंग्रेस महाधिवेशन : २१ जिल्लामा वडा अधिवेशन अन्योल

 

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु भए पनि २१ जिल्लाको वडा अधिवेशन भने अन्योलमा परेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । त्यसमध्ये ४० जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ ।

तर, अझै पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली कहिले सार्वजनिक हुन्छ भन्ने केन्द्रीय निर्वाचन समितिलाई नै थाहा छैन ।

‘केन्द्रीय निर्वाचन समितिलाई ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली आयो, हामीले त्यही नामसहित केन्द्रीय निर्वाचन प्रतिनिधि जिल्लामा पठायौं तर २१ जिल्लाको कहिले आउँछ ? हामीलाई नै थाहा छैन,’ कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले राजधानीसँग भने ।

एनले ५६ जिल्लाको सदस्यता पठाइएका जिल्लामा मात्रै २३ भदौ अघि वडा अधिवेशन सम्पन्न हुने बाँकी जिल्लाको नामावली प्राप्त भएपछि मात्रै कहिले हुने भन्ने तय हुने जानकारी दिए ।

‘२१ जिल्लाको क्रियाशील सदस्यको नामावली कहिले आउँछ हेरौं, हामी पनि कुरिरहेका छौं, आएपछि जिल्लामा केन्द्रीय निर्वाचन प्रतिनिधि तोक्छौं र पठाउँछौं, आइतबारसम्म आए पनि २३ गतेभित्र सम्भव छैन । २३ भदौभित्र ५६ जिल्लामा भने सकिन्छ,’ यादवले थपे ।

कांग्रेसले आफ्नो कार्यतालिकामा भने १८ भदौमा नै देशभरका ७७ वटै जिल्लामा रहेका ६ हजार ७ सय ४३ वटा वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको थियो । तर, सो मितिमा ४० जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेसको २१ जिल्लाको क्रियाशील सदस्यता भने क्रियाशील सदस्यता छानबिन समितिले नै हेरिरहेको छ । त्यसको नेतृत्व नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू रमेश लेखक र डा. मीनेन्द्र रिजालले गरिरहेका छन् ।

कांग्रेसले ७ सय ५३ वटै पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ । वडा अधिवेशन नै सबै जिल्लामा सम्पन्न नभए ती जिल्लामा पालिका अधिवेशन पनि धकेलिन सक्छ ।

यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

निर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चैनपुरे करुवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस