नख्खु कारागारमा झडप

काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदीबन्दी र कारागारका नाइकेबीच झडप भएको छ । जेलभित्र रहेका कैदीबन्दीले सामान किनमेल गर्ने पसलमा समानको मूल्य बढी लिएको भन्दै कैदीबन्दीले प्रदर्शन गर्दा झडपको स्थिति बनेको हो ।

सो क्रममा कैदीबन्दी र कारागारका नाइके पक्षबीच सुरुमा विवाद भएको थियो । त्यसपछि कुटाकुट नै भएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले कैदीबन्दीले आफ्ना असन्तुष्टि राख्दा भनाभन भएको बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहित कारागार व्यवस्थापन पक्षबीचमा आइतबार साँझ नै सो विषयमा सहमति भइसकेको छ ।

असन्तुष्ट रहेका कैदीबन्दीले भने आफ्ना मागसहितको ज्ञापनपत्र कारागार प्रशासनलाई बुझाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भेट्रान्स डबलतर्फ बैतडीलाई हराउँदै इलामलाई उपाधि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी