फ्रान्स पाँच खेलसम्म जितविहीन

किएभ । विश्वविजेता फ्रान्सलाई गत जुलाइमा सम्पन्न युरोपेली च्याम्पियनसिपको प्रमुख दाबेदारका रूपमा हेरिएको थियो । तर, टोलीले प्रि–क्वार्टरफाइनलभन्दाको अघिको यात्रा तय गर्न सकेन । समूह चरणमा जर्मनीलाई १–० ले हराउँदै विजयी सुरुवात गरेको फ्रान्सले त्यसपछिका ३ खेलमा जित निकाल्न सकेन ।

समूह चरणमा हंगेरीसँग १–१ गोलको बराबरी तथा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा पुग्न सफल भयो । प्रि–क्वार्टरफाइनलमा जितनजिकै पुगेको फ्रान्स अन्त्यतिर सम्हालिन नसक्दा ३–३ गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा स्वीट्जरल्यान्डसँग पराजित हँुदै युरोकपबाट बाहिरियो । त्यसपछि फ्रान्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा दुई खेल खेल्दा जितविहीन यात्रालाई पाँचांै खेलसम्म लब्म्याएको छ ।

गत बिहीबार बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले शनिबार राति युक्रेनसँग पनि १–१ गोलको बराबरी नै खेल्यो । यसर्थ फ्रान्सले जित निकाल्न नसके पनि अपराजित यात्रालाई निरन्तरता दिन सकेका छन् । पछिल्लो पाँच खेलमा फ्रान्सको यो पाँचौं बराबरी हो । गत जुलाइमा सम्पन्न युरो कपमा समूह चरणको खेलमा जर्मनीलाई १–० ले हराएयता फ्रान्सले ५ खेल खेल्दा जित निकाल्न सकेको छैन ।

एनएसके ओलिम्पी किएभमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । यारेमचुकले प्रेसनेल किमपेम्वेलाई बिट गर्दै दिएको क्रस कोर्ट जोउमाले राम्ररी क्लियर गर्न नसकेको बललाई माइकोला सापारेन्कोले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको सुरुमै फ्रान्सले बराबरी गोल फर्कायो । एन्थोनी मार्सियालले एड्रिएन राविओटको पासमा गोल गर्न सफल भएका थिए ।

यता, युक्रेनले विश्वकप छनोटमा लगातार पाँचौं बराबरी खेल्न सफल भयो । युक्रेनले यसअघि फ्रान्स, फिनल्यान्ड र काजकस्तानसँग समान १–१ गोलकै बराबरी खेलेको थियो । गत साता फिनल्यान्डसँग २–२ गोलको बराबरी खेलेको थियो । यो नतिजापछि समूह ‘डी’मा फ्रान्स ५ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहँदा युक्रेन ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ५ अंक भए पनि फिनल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । बोस्निया एन्ड हर्जगोभिना र काजकस्तान समान २ अंक जोडेर चौथो र पाँचौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा फिनल्यान्ड र काजकस्तानले गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यस्तै, अस्ट्रियाले घरेलु टोली इजरायलसँग ५–२ को लज्जास्पद हार बेहोर्दा फारोइ आइल्यान्डमाथि १–० को जित दर्ता गर्दै छनोटमा लगातार पाँचांै जित दर्ता गरेको छ । इजरायलको फराकिलो जितमा इरान जाहाभीले २ तथा मानोर सोलोमन, मुनास डाब्बुर र सोन विसमानले समान १ गोल गरे । अस्ट्रियाका क्रिस्टोफ बोउमगार्टनर र मार्काे अर्नाटोभिकले सान्त्वना गोल फर्काए । डेनमार्कको जितमा जोनास वाइन्डले खेल सकिन ५ मिनेटअघि गरेको गोल नै पर्याप्त बन्यो ।

डिपाएको २ गोल
क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले २ गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा मोन्टेनेग्रोमाथि ४–० को फराकिलो जित आत्मसात् गरेको छ । कप्तान जर्जिनो वाइनाल्डम र कोडी गाक्पोले समान १ गोल थपे ।

फिलिप्स स्टेडियम इन्डओभेनमा शनिबार राति भएको खेलको ३८औं मिनेटमा डिपाएको पेनाल्टी गोलबाट नेदरल्यानडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पेनाल्टी बक्समा लागाटोरले डिपाएलाई फल गरेपछि प्राप्त पेनाल्टीमा उनी आफंैले गोल गर्न सफल रहे । ६२औं मिनेटमा डिपाएले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे ।

७०औं मिनेटमा जर्जिनो वाइनाल्डमले स्टेभेन वर्गहुइसको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७६औं मिनेटमा कोडी गाक्पोले टेरेल मालासियाको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए । यो जितपछि समूह ‘जी’मा नेदरल्यान्ड्स ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको टर्कीको ११ अंक छ । पराजित मोन्टेनग्रो ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रहेका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोबिना नै पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कतारमाथि सहज जित हात पारेको छ । पोर्चुगलले ९ खेलाडीमा समेटिएको फिफा विश्वकप २०२२ को आयोजक कतारमाथि ३–१ को सहज जित हात पारेको हो । पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले गोल गर्दा कतारका एडिलकारिम हसन फाडाल्लाले १ गोल फर्काए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता