अब नेपाल सुपर लिग भलिबल

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको सफल आयोजनापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिले नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवैतर्फको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच मंगलबार १० वर्षका लागि सम्झौता भएको छ ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिकी अध्यक्ष अश्रेयता कार्की चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे । अब नेपाल सुपर लिग (एनएसएल) भलिबलको नामले हरेक वर्ष महिला र पुरुष दुवैतर्फको लिगको आयोजना हुनेछ । पहिलो संस्करण आगमी नोभेम्बर १७ देखि डिसेम्बर १७ को अवधिमा गराउने लक्ष्य छ । दोस्रो संस्करण होम एन्ड अवे गर्ने लक्ष्य पनि छ ।

लिगमा सात प्रदेशका महिला र पुरुषको समान सात–सात टोलीले सहभागिता जनाउनेछन् । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले मिति पक्का भइसकेपछि खेलाडीको छिनोफानो गर्दै क, ख, ग र घ मा खेलाडीको वर्गीकरण गरिँदै हरेक टोलीलाई खेलाडी उपलब्ध गराउने बताए । संघले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्नेछ । संघले प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत थप सहयोग पनि पाउनेछ ।

यस्तै नेपाल स्पोर्ट्स म्यानेजमेन्ट नेपाल भलिबल संघले आयोजना गर्ने महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिपका लागि सहयोग गर्नेछ । सम्झौतापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरीले यो प्रतियोगिताले भलिबललाई थप सफलता मिल्ने र अझै उत्कृष्ट प्रतियोगिता गर्दै जाने बताइन् ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज खुकुरी नेपाल सुपर लिग (एनएसएल) आयोजना गरेको थियो । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले फुटबलसँगै भलिबल र क्रिकेटमा पनि फ्रेन्चाइज लिग आयोजना गर्ने तयारी गरेको छ । एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाइजको घोषणा गर्ने तयारी थियो । तर, कोभिडका कारण तत्कालीन समयमा भलिबलको फ्रेन्चाइज लिग घोषणा हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा