अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु

सांकेतिक तस्वीर

मेक्सिको सिटी । मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो ।

तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय विद्युत अबरुद्ध हुँदा अक्सिजन आपूर्तीमा असर गरेको थियो । मृत्यु हुनेमध्ये अधिकांश बिरामी आईसीयू र भेन्टिलेटरमा उपचारार्थ थिए ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादरले बिरामीको मृत्युबाट दुःखित भएको बताए । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणलाई सुरक्षित क्षेत्रतर्फ जान उनले आग्रह गरेका छन् । अत्यधिक बाढीका कारण सो राज्यका गर्भनर बोकेको एउटा डुंगा डुबेको थियो ।

बाढीका कारण तुला सहरका तीस हजार भन्दा बढी मानिस प्रभावित छन् । बाढीले उत्तरी मेक्सिकोमा पनि ठूलो जनधनको क्षति पुर्‍यााएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय