सलमान खानमाथिको भिडियो गेम बन्देज

मुम्बई । सलमान खानमाथि लागेको कालो हरिण सिकार प्रकरणको मुद्दा अझै टुंगिएको छैन । यतिबेला उनको यही कान्डसँग सम्बन्धित एउटा भिडियो गेम (सेलमोन भोइ)लाई मुम्बईको एक दिवानी अदालतले रोक लगाएको छ ।

सो अदालतले यो गेम बनाउनेलाई समेत पुर्जी काटेर त्यो गेम तत्काल रोक्नलाई आदेश दिएको छ । गेमलाई सबै प्लेटफर्मबाट रोक्का गर्न गुगल प्ले स्टोरबाट हटाउन र अन्य प्लेटफर्मबाट पनि यसलाई तत्काल हटाउनलाई आदेश दिएको छ ।

यो भिडियो गेममा अभिनेता सलमान खानलाई मुख्य पात्र बनाइएको छ । यसमा कालो हरिणको सिकार खेललाई लक्षित गरिएको छ । अभिनेता सलमानका अनुसार यो गेम बनाउन उनीसँग अनुमति लिइएको छैन । आफूसँग यो गेमको ’boutमा कहिल्यै कुरा नभएको पनि सलमानको टिप्पणी छ । यो गेमले आफ्नो चरित्रलाई हनन गरेको पनि खानको टिप्पणी छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको यो प्रकरणलाई असर पर्नेगरी यो गेम बाहिर ल्याइएको पनि अदालतले जनाएको छ । सोही कारण पनि यसलाई अदालतले रोक लगाएको हो ।

सलमान खानसँग अनुमति नलिई उनको चरित्र बनाएर कसरी यस्तो गम तयार गरेर सञ्चालनमा ल्याइयो भनेर गेम निर्मातासँग अदालतले लिखित जवाफ मागेको छ । आर्थिक लाभका लागि गरिएको यस्तो काम गैरकानुनी भएको अदालतको ठहर छ । यो गेम निर्माणका कारण उनीहरूलाई सजय पनि हुन सक्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसले मत खेर फाल्न मानेनन्