युरिया मल माग गर्दै राैतहटमा ट्याक्टरसहित प्रदर्शन

 

गौर। युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍यालीसहित प्रदर्शन गरिएको छ ।

आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट आएका हजारौँ ट्याक्टर रौतहटको मध्यभाग गरुडामा जम्मा भई सदरमुकाम गौरसम्म प्रदर्शन गरेका छन् । खेतीको मुल समयमा युरिया मलको अभाव हुने भएकोले किसानलाई हुने समस्या समाधान गर्न युरिया लगायतका मलखाद अविलम्ब उपलब्ध गराउन माग गर्दै प्रर्दशन गरिएको जनाइएको छ ।

प्रदर्शनकारीले किसानलाई सम्मान गर्दै किसानलाई पेन्सनको व्यवस्था गर्न, किसानलाई पर्याप्त र सहज ऋणको व्यवस्था गर्न, कृषि बिमा लागु गर्न, ट्याक्टरलाई लाग्ने सम्पूर्ण कर खारेज गर्न माग राखेका छन् । उनीहरुले दलाल पुँजीवादी व्यवस्था खारेज गरी किसान मजदुरको राज्य व्यवस्था लागु गर्न नाराबाजी गरेका थिए ।

प्रथम चरणको किसान संघर्षको कार्यक्रमको तहत आज ट्याक्टर र्‍याली निकालिएको र माग पुरा गराउन लगातार संघर्ष जारी राख्ने पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाले बताए । उनले किसानका मागहरु सम्बोधन नभएको खण्डमा रौतहटमा मात्र नभई देशभर संघर्ष गर्ने बताए ।

आज ट्याक्टर र्‍याली आयोजना आईटी आर्मीको किसान मोर्चाले भाद्र २७ गते प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, भाद्र ३० गते मल उपलब्ध गराउने स्थानीय तहको सहकारी डिपो घेराउ गर्ने, असोज १ गते साल्ट ट्रेडिंग कर्पोरेसन र कृषि सामग्री कम्पनिको कार्यालयको घेराउ गर्ने तथा असोज ५ गते पहिलो चरणको संघर्षको कार्यक्रमको समीक्षा गरी दोस्रो चरणको संघर्षको घोषणा गर्ने जनाएको छ ।

र्‍यालीको नेतृत्व पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाले गरेका थिए भने वामपन्थी नेताहरु उपेन्द्र साह, राजकिशोर यादव, त्रिभुवन साह ‘अमर’, राजेश साह, आईटी आर्मीका जिल्ला संयोजक नरेश साह तुरहा लगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही