नेपालमा प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब नजिक

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रूपैयाँ पुुगेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रूपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रूपैयाँ, सेन्ट किस्टस एन्ड नेभिसबाट १५ अर्ब २७ करोड रूपैयाँ, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये १ सय ९८ वटा कम्पनीको नमुना छनोट गरी राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीको सूक्ष्म विश्लेषण गर्दा स्वीकृत लगानी र कुल लगानीको अनुपातबीच निकै ठूलो अन्तर रहेको छ । सन् १९९५–९६ र २०१९–२० बीचको अवधिको तुलना गर्दा प्रतिबद्धता व्यक्त भएकोमध्ये करिब ३४.१ प्रतिशत मात्र लगानी नेपाल भित्रिएको छ । यस अवधिमा कुल ३२ खर्ब ५५ अर्ब २५ करोडको प्रतिबद्धता आएकामा १ खर्ब १० अर्ब ९१ करोड ९७ लाख मात्र नेपाल भित्रिएको छ ।

नेपालमा लगानी गरेका कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को एक वर्षको अवधिमा १२ अर्ब ९० करोड रूपैयाँ कमाएर डिभिडेन्डको रूपमा लगेका छन् । डिभिडेन्ड रकम खासगरी म्यानुुफ्याक्चरिङ र वित्तीय क्षेत्रबाट बढी बाहिरिएको छ ।

भारतबाट भित्रिएको लगानीमध्ये बढीजसो औद्योगिक उत्पादन, खानी, विद्युत, ग्याँस, वित्तीय क्षेत्रमा आएको छ । चीनबाट आएको लगानीमा पनि औद्योगिक उत्पादन, खानी, विद्युत् र ग्याँसमा रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको जनाएको छ ।

नेपालमा शंकास्पद धनको कारोबार लुकाउन र कर छली गर्न सुरक्षित मानिने ‘ट्याक्स हेभन’ मुलुकबाट पनि धेरै प्रत्यक्ष लगानी भित्रिएको देखिएको छ । क्यारेबियन टापु मुलुक सेन्ट किट्स एन्ड नेभिसबाट गरिएको १५ अर्ब २७ करोड प्रत्यक्ष लगानी नेपालमा छ । यो नेपालमा रहेको कुल वैदेशिक लगानीको ७.७ प्रतिशत हो ।

आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । त्यसैगरी, युनाइटेड अरब इमिरेट्सबाट ७ अर्ब १६ करोड रुपैयाँ लगानी रहेको छ । सेन्ट किट्स एन्ड नेभिसका भनिएका कम्पनीको नेपालमा २४ अर्ब ९३ करोड लगानी छ । यो नेपालमा रहेको कुल वैदेशिक लगानीको १३.६ प्रतिशत हो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

अक्सिजन सेवामा सलमान
असोज १२, २०७८
८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु
भारतमा एकैदिन थपिए ११ हजार ५०० भन्दा बढी संक्रमित
फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम
महिला अधिकारकर्मी राईलाई कोरोना संक्रमण

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी