Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा राणाप्रति श्रद्धाञ्जलि

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे। राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए ।

राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए । राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए । गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए । स्व राणाका एक श्रीमती र एक छोरी छन्।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भए। राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षसमेत भएका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष भएका थिए ।

कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए।

तपाइको प्रतिक्रिया

(Visited 96 times, 2 visits today)

आजको समाचार

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

साताका लोकप्रिय समाचार

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशत माधव नेपालले लगे

  काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् । एमालेको जारी स्थायी कमिटी बैठकमा...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

ट्रेन्डिङ

कोरोना नियन्त्रण सहकारी केन्द्र सुरु

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई...

खोप लगाउने तयारी अन्तिम चरणमा

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पु-याएको छ । यसका लागि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)