नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जुन नेपाली क्रिकेटको ओडीआईमा सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमा अलआउट भएपछि नेपालको कीर्तिमानी जित सम्भव भएको थियो । यसअघि नेपालको ओडीआईमा यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो । ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पीएनजीलाई ११–२ को अवस्थामा पु¥याए । १०औं ओभरमा टोनी उरालाई रोहितले १९ रनमा रनआउट भए । त्यसपछि सन्दीपले पीएनजीको ब्याटिङ ध्वस्त पारेका थिए ।

सन्दीपले १२औं ओभरम चाल्स अमिनीलाई १६ रनमा आउट गरे । विकेटकिपर किप्लिङलाई ४ रनमा सन्दिपबाटै बोल्ड भएपछि पीएनजी ५२–५ को दयनीय अवस्थामा पुगेको थियो । १६औं ओभरमा सेसे बाउलाई ११ रनमा तथा १८औं ओभरमा गौडी टोकालाई १० रनमा तथा चन्द सोपरलाई शून्यमा बोल्ड भएपछि नेपालको जित नजिकिएको थियो । सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुशान भारीले समान एक–एक विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ ओभर ३ बलमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लो क्रममा २६ बलमा २ चौका र ४ छक्कासहित ४२ रनको आक्रामक इनिङ्स खेले । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको साझेदारी गरेका थिए । रोहितले ७९ बलमा आफ्नो ओडीआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए ।

ओपनर आसिफ शेख र कुशल भुर्तेल समान ३ रनमा आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र रोहितले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । नेपाली ओडीआई इतिहासमा यो कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडीआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध गरेको ८४ रन थियो । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन जोडे ।

विनोद भण्डारी १७ रनमा रन आउटको सिकार बने । युवा ब्याट्सम्यान कुशल मल्ल एक रनमा क्याच आउट भए । सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे । रोहित र करण ४९औं ओभरम लगातार आउट भएका थिए । नेपालले अन्तिम एक रन जोड्दा चार विकेट गुमाएको थियो । पीएनजीका चन्द सोपरले ३ तथा काबुआ मोरिया र नर्भन भानुआले समान २ विकेट लिए । चाल्स अमिनीले एक विकेट लिए ।

यसअघि पीएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित निकालेको थियो । अब नेपालले आईसीसी विश्व क्रिकेट लिग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित