एमसीसी सम्झौता खारेजीको माग गर्दै आईटी आर्मीकाे वीरगञ्जमा प्रदर्शन

 

वीरगंज। आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् ।

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै आज शनिवार नाराबाजीसहित आईटी आर्मीले मोटरसाईकल र्याली निकालेको हो ।

आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन् । ‘देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी’ लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

आजै सम्पन्न आईटी आर्मीको वीरगंज महानगर भेलाले महम्मद रेहान ईब्राहिमको संयोजकत्व तथा मखन पटेलको सह-संयोजकत्वमा महानगर कमिटी गठन चयन गरिएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य ईश्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, युवा नेता पवन तिवारी, आईटी आर्मी पर्साका संयोजक सन्तोष पटेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

थपिए ५८१ जना नयाँ कोरोना संक्रमित, ३ जनाको मृत्यु
५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?
पशु फर्ममा आगलागि हुँदा २० गाई जलेर मरे
चर्काे विवादपछि तीन दिनमै राजीनामा
राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी तीव्र
मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ६८ नाम सार्वजनिक

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी