पत्रकारमाथी हातपातकाे घटनामा मिडिया एलायन्सकाे आपत्ति

 

काठमाडौं । समाचार संकलनका क्रममा पत्रकार माथी प्रहरीले दुर्व्यवहार गरेकाे छ । एभिन्यूज खबरकर्मी शितल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्यवहार गर्दै हातपात गरेको हाे ।

एभिन्यूज खबरकर्मीमाथि प्रहरीले हातपात गरेको घटनाप्रति मिडिया एलायन्स नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एलायन्सका अध्यक्ष भाष्करराज राजकणिर्कारले पत्रकारमाथि गरिएको हातपातको घटना निन्दनीय भएको बताएका छन् ।

यस्तै विज्ञप्तिमा एलायन्सले एभिन्युजकर्मीमाथि गरिएको आक्रमण समग्र स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको जनाउदै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न पनि माग गरेको छ । समाचार संकलनका लागि काठमाडौँको नक्सालस्थित होटल मेरियट पुगेका एभिन्यूज खबरकर्मी शितल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गरेको थियो । दरवारमार्ग प्रहरी प्रमुख रामेश्वर पौडेल नेतृत्वको टोलीले पत्रकारद्वयमाथि हातपात गरेको हो । प्रहरीले उनीहरुको क्यामेरा खोसेर तोडफोड समेत गरेको थियो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ः०० बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो ।

विज्ञप्ति यस्ताे छ …

मिति : २०७८ भदाै २६ गते शनिवार

प्रेस विज्ञप्ति

खबर संकलनका लागि काठमाडौँको होटल मेरियट पुगेका एभिन्यूज खबरकर्मीमाथि प्रहरीले हातपात गरेको घटनाप्रति यस मिडिया एलायन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७८ साल भदौ २५ गते काठमाडौंकाे नक्सालस्थित हाेटलमा खबर संकलनका लागि पुगेका संवाददाता शितल रिजाल र क्यामरा पर्सन सुरेश रजकमाथि प्रहरीले हातपातको घटना निन्दनीय छ ।

मिलिनियम च्यालेन्ज कर्पाेरेसन “एमसीसी” काे विषय अहिले नेपालमा सर्वाधिक चासो र सराेकारको मुद्दा रहदै आएको छ । साे घटनासँग सम्वन्धित विषयका जानकारी र सूचना जनतालाई पुर्‍याउनु सञ्चारकर्मीको कर्तब्य हो । तर शुक्रबार राति मेरियट होटलमा एभिन्युजकर्मीमाथि गरिएको आक्रमण स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको हाम्राे ठहर छ ।

सञ्चारकर्मीमाथि आक्रमण मात्रै हैन खबर संकलनका खटिएका सञ्चारकर्मीलाई प्रहरी नायब उपरीक्षक “डीएसपी” नेतृत्वको टाेलीले केही घन्टा नियन्त्रणमा लिनु आपत्तिजनक छ । मेरियट हाेटलमा प्रहरीले एभिन्युजकर्मीमाथि गरेको आक्रमणको जति निन्दा गरेपनि कम हुन्छ ।

मिडिया एलायन्स नेपाल घटनाकाे छानविन गरि त्यसमा संग्लनलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउन सराेकारवालासँग जाेडदार माग गर्दछ । संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेस विरूद्धका गतिविधि तल्काल बन्द गर्न एलायन्स प्रहरी प्रशासनसँग माग गर्दछ । सञ्चारकर्मी माथिको आक्रमण समग्र नेपाली प्रेसमाथि अंकुश लगाउने साेच अनुसार आएको हाम्राे ठहर छ ।

केही दिन अघि गृह मन्त्रलयले स्वतन्त्रता पुर्वक भेला र विराेध गर्न नपाउने गरि सुचना निकाल्नु लगत्तै समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण हुनुले सरकारले स्वतन्त्र प्रेसमाथि धावा बाेल्न खाेजेकाे संकेत गरेको छ । तसर्थ घटनाकाे छानविन गरि दाेषीलाई कारवाही गर्न मिडिया एलायन्स नेपाल माग गर्दछ । आगामी दिनमा यस्ता घटना नदाेहाेराउने प्रतिवद्धता समेत एलायन्स माग गर्दछ ।

……
भाष्करराज राजकणिर्कार
अध्यक्ष
मिडिया एलाइन्स नेपाल

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता