sharethis
Monday, October 18, 2021
Your Ads Here

अभियुक्त भन्छन् : देखेजति सबै मार्दा ६ जनाको ज्यान गएछ

 

संखुवासभा । संखुवासभा मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्कीको घर र २६ वर्षीय लोकबहादुर कार्कीको घर एक झन्डै १ सय ५० मिटरको दूरीमा छ । तेजबहादुर र लोकबहादुर दुवै जना आफन्त पनि हुन् । नातामा लोकबहादुर कार्की तेजबहादुरका भतिजा हुन् । उनी हत्या गरिएका तेजबहादुरका बढावाका नाति थिए ।

तर, तिनै तेजबहादुरसहित उनका परिवारका ६ जनाको हत्या भतिजा लोकबहादुरले गरेको खुलासा भएको छ । एकै परिवारका ६ जनाको हत्याले राष्ट्रिय रूप लिएपछि अनुसन्धानमा गम्भीर रूपमा जुटेको प्रहरी टोलीले हत्याको एक साता पनि नबित्दै अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले आज आइतबार हत्या अभियुक्त लोकबहादुरलाई जिल्ला प्रहरी कार्यालय चैनपुरमा सबुद प्रमाणसहित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

नातामा काका पर्ने तेजबहादुरको घरबाट लोकबहादुरको घर पुग्न उकालो हिँड्नुपर्छ । गत सोमबार बिहान तेजबहादुर झिसमिसे उज्यालोमै घरबाट निस्किएका थिए । उनी लोकबहादुरको घर हुँदै हिँडिरहेका थिए । त्यसबेला लोकबहादुर घरमा एक्लै थिए । आमा गुमाइसकेका उनी बाबु र भाइसँग घरमै बस्दै आएकोमा त्यस दिन बिहान सबेरै दुवै जना घरबाट निस्किसकेका थिए काम गर्न ।

खेतमा धान गोड्न खेतालाको खोजीमा निस्किएका तेजबहादुरलाई एक्लै देखेपछि उनी आफूलाई हेप्ने गरेको भन्दै जाइलागे । घरछेवैमा भेटिएको दाउराले अन्धाधुन्ध आक्रमण गरे ।

कुनै प्रतिवाद नै गर्न नपाई तेजबहादुर लडे । त्यसपछि उनले निरन्तर तेजबहादुरमाथि प्रहार गरिराखे । यो प्रहार त्यतिखेरसम्म चल्यो, जबसम्म तेजबहादुर जीवित छन् भन्ने उनको मनमा लागिरह्यो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार, मृतक तेजबहादुरलाई लोकबहादुर मन पराउँदैनथे । आफूलाई हेप्ने, होच्याउने गरेको र ‘बदला’ लिन हत्या गर्नुपरेको उनले बयान दिएका छन् ।

लोकबहादुरले तेजबहादुरको हत्या गर्नुको कारण यो मात्र होइन, यसमा रुढिवासी संस्कार पनि जोडिएर आएको देखिन्छ । भएको के रहेछ भने, केही महिनाअघि तेजबहादुरकै घरमा लोकबहादुरकी आमा लडेर गम्भीर घाइते बनिन् । गम्भीर घाइते आमालाई उपचारका लागि झापाको एक अस्पताल लगियो, उपचारकै क्रममा मृत्यु भयो ।

तर, यो कुरालाई लोकबहादुरले तेजबहादुरको षड्यन्त्रका रूपमा बुझे । आमाको मृत्युमा तेजबहादुरको हात र षड्यन्त्र भएको उनमा छाप परेको थियो । उनले यो कुरालाई मनमा राखिरहे । कतै देखाएनन् । तर, भित्रभित्रै ‘बदला’ लिने अठोट गरिरहे । अन्ततः गत सोमबार उनले तेजबहादुरको हत्या गरे ।

तेजबहादुरको हत्या गर्ने योजना बनाएका लोकबहादुरले किन अरू पाँच जनाको हत्या गरे त ? जवाफमा लोकबहादुरले अनुसन्धानमा जुटेका प्रहरीलाई भनेका छन्, ‘लोकबहादुरबाहेक अन्यको हत्या गर्ने कुनै योजना थिएन तर परिस्थिति त्यस्तै बन्यो, अनि एकपछि अर्काेगरी तेजबहादुरका परिवारको हत्या गरें ।’

हत्या अभियुक्त लोकबहादुरले अनुसन्धानरत प्रहरीलाई दिएको बयानअनुसार, ‘तेजबहादुरलाई मार्दा परिवारका अन्य सदस्यले देखेर आएपछि अरूको पनि हत्या गर्नुपरेको हो ।’

लोकबहादुरको बयानअनुसार तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि घटनास्थल आए । त्यसपछि लोकबहादुर कमला र रञ्जनामाथि जाइलागे । उनीहरू दुवै भाग्दै थिए । लोकबहादुर पनि पछिपछि कुदे । र, दुवै जनालाई त्यही दाउराले टाउकोसहित शरीरका विभिन्न भागमा प्रहार गरे । तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको थियो ।

कमला र रञ्जनाको हत्या भएको तेजबहादुरका नाति विपिन र नातिनी गोमाले देखेका थिए । विपिन र गोमा रञ्जनाका छोरा छोरी हुन् । त्यसपछि हत्या अभियुक्त लोकबहादुर विपिन र गोमातर्फ अघि बढे । र, त्यही दाउराले उनीहरूको टाउकोमा प्रहार गरे । क्षणभरमै उनीहरू दुवै जनाको मृत्यु भयो । माथिपट्टिको बारीमा उनीहरूको शव भेटिएको थियो ।

पाँच जनाको हत्या गरिसकेपछि अन्तिममा उनले तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको हत्या गरेका थिए । घरभित्रै खोले पकाइरहेको अवस्थामा उनको हत्या भएको थियो ।

सो घरमा तेजबहादुरका वृद्ध बाबु भने जीवितै फेला परेका थिए । राम्रोसँग आँखा नदेख्ने र कान पनि नसुन्ने भएकाले उनी जोगिएका थिए ।

मृतक सबै जनालाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको यसअघि प्रहरीले जनाएको थियो । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो ।

प्रहरीले लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको दाबी गरेको छ । प्रहरीले लोकबहादुर मानिसक रोगीसमेत भएको र एक वर्षअघिदेखि औषधि खाइरहेको भेटिएको पनि बताएको छ । उनले घटनामा प्रयोग भएको दाउरा भने बालिसकेको बयान दिएका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

इटहरीमा एक महिलामा कोरोना पोजेटिभ
मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग
१३ इण्डोनेसीयन नागरिक गोप्य स्थानमा
हट्यो खुल्लामञ्चको बसपार्क

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी