Monday, September 27, 2021
Your Ads Here
Homeप्रमुखपूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह

पूर्वमुख्यमन्त्री राईको विलासी गाडी मोह

नियम मिचेर साढे तीन करोडको गाडी खरिद

टेनिस रोका,
sharethis

 

काठमाडौं । प्रदेश नम्बरका १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नियमविपरीत गाडी खरिद गरेको खुलेको छ । केही साताअघि मात्र मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले नियमअनुसार एक करोडबराबर मूल्यका गाडी खरिद गर्नुपर्नेमा साढे २ करोड बजेट विनियोजन गरेर पछि पुनः रकमान्तरबाट १ करोड थप गरेर विलासी गाडी खरिद गरेका हुन् ।

प्रदेशको नामांकन गर्न नसकेको, विकास निर्माणलगायतका काममा नतिजा देखाउन नसकेको जस्ता आरोप खेप्दै आएका राईले आफ्नो लागि भने नियमलाई पाखा लगाउँदै महँगोमा गाडी खरिद गरेका हुन् ।

प्रदेश सरकार, सार्वजनिक खर्चको मितव्ययितासम्बन्धी मापदण्ड निर्देशिका २०७५ को बुँदा नम्बर ११ मा मुख्यमन्त्रीलाई गाडी खरिदमा १ करोड उपलब्ध गराउन सकिने व्यवस्था छ । सोही बुँदाको ११ (२) मा विशिष्ट पदाधिकारीको पदीय मर्यादा, सुरक्षा र जिम्मेवारीलाई मध्य नजर गर्दै उल्लेखित मापदण्डभन्दा बढी मूल्यको सवारी साधन खरिद गर्न आवश्यक परेमा पुष्ट्याइँसहित आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

सो प्रदेशमा भने निर्देशिकाको ११ (२) अनुसार पुष्टि हुने अवस्था नहुँदा नहुँदै पनि आर्थिक वर्ष २०७६/७७ मा मुख्यमन्त्रीको सवारी साधन खरिदका लागि २ करोड ५० लाख विनियोजन गरेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

बजेटमा विनियोजन गरेको २ करोड ५० लाखको सवारीमा मुख्यमन्त्रीले चित्त नबुझाएपछि विकास बजेट तथा अन्य क्षेत्रमा विनियोजन गरिएको बजेटबाट समेत रकमान्तर गरी १ करोड थप गरेर ३ करोड ५० लाख पु¥याएर सवारी साधन खरिद गरेका हुन् । तत्कालीन मुख्यमन्त्री राईले आफ्ना लागि सवारी खरिद गर्दा रकामान्तरसम्बन्धी नियमलाई समेत मिचेको पाइएको छ ।

निवर्तमान मुख्यमन्त्री राईले कानुनलाई लत्याएर जनताको करबाट उठेको रकमको दुरुपयोग गरेको भनेर उनको आलोचनासमेत हुने गरेको छ । महालेखा परीक्षकको कार्यालयले समेत उक्त नियमविपरीतको कार्यमाथि प्रश्न उठाएको छ ।
प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावतरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनाअन्तर्गत मोटरसाइकल खरिदमा पनि नियमविपरीत सार्वजनिक निर्माणको बजेट प्रयोग गरेको पाइएको छ ।

प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७५ को नियम ३६ (२) (क) मा रकम स्वीकृत बजेट सीमाभित्र सम्बन्धित खर्च शीर्षकमा पर्छ भने मात्र खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कार्यालयले सार्वजनिक निर्माणतर्फको बजेटबाट ७ थान मोटरसाइकल खरिद गरी १६ लाख ५० हजार खर्च गरेको पाइएको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 151 times, 1 visits today)

आजको समाचार

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थपियाे

काठमाडाैं ।  काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

साताका लोकप्रिय समाचार

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

इजरायल जान आवेदन दिएकामध्ये झन्डै २८ सयजनाको कागजपत्र नक्कली

काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेस गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

‘बिपी पुष्पलालसँग नमिल्दा पञ्चायत आयो, मदन भण्डारीले गणेशमान र किसुनजीलाई कन्भिन्स गरेर पञ्चायत ढाले’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक...

ट्रेन्डिङ

सिरहाको सुखिपुर नगरपालिकामा कुकर बम फेला

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ । आज मंगलबार बिहान कार्यालय खुलेपछि कार्यालय...

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)