sharethis
Monday, October 18, 2021
Your Ads Here

अर्थमन्त्रीले दिए भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । मन्त्री शर्माले भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । उनले भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नु नपर्ने बताए । उनले मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । उनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए । उनले ले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए । सरुवाको लागि फोन गराई दवाव सृजना गर्ने कर्मचारीहरुको माग सुनुवाई नहुने स्पष्ट पार्ने बताए । उनले भने,‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाईज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफै बुझ्नुहुन्छ ।’

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीका गुनासाहरुलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गरे । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नको लागि कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए । भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्षअनुसारको राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च
कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी
यमनका मन्त्रीहरु चढेको विमानमा आक्रमण २२ जनाको मृत्यु
गण्डकी कोरोनाको ‘ग्रीन जोन’ : मुख्यमन्त्री
चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापत पैसा लिइन्छ तर रिपोर्ट दिइँदैन
प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुग्यो

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी