Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsएमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

एमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् ।

उनले सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए । ‘हाम्रो पार्टीले अहिले एमसिसीको बारेमा कुनै धारणा बनाएको छैन । सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन ? सत्तासिनको धारणा दल एमसिसी बारे के छ भन्नेमा हामी बेखबर छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो,’ उनले भने ।

नेता भट्टराईले एमसिसी पारित गराउन सरकारलाई आफूहरूको आवश्यकत्ता नै नपर्ने दाबी गरे । एमसिसीबारे एमालेको अहिले पोजिसन तय नभएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता उदयशमशेर जबराले भने एमसिसीलाई पास गर्नुपर्ने बताएका छन् । उनले एमसिसी पारित गराउन संसद‍्भित्र र संसद्‍बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने बताए । उनले एमसिसी सहयोग अनुदान भएकोले यसले देशलाई फाइदा नै हुने बताए ।

नेता राणाले एमसिसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशको जस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिइसकेको स्मरण गराए ।

अमेरिकी सेना आउँछ भन्ने कुरा गलत भएको उनको दाबी छ । ‘यो झुठो हो । एमसिसी इकोनोमिक सपोर्ट हो । अमेरिकी सेना नेपाल आउने भन्ने भ्रम फैलाइएको छ,’ उनले भने ।

पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्यले एमसिसीमा भएका गलत प्रावधानहरू सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसिसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

उनले एमसिसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरबाही भएको बताए । ‘राष्ट्रिय हित के–के हुन ? भन्ने विषयमा लापरबाही भयो । अमेरिका नेपालमा ४०–५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन्,’ उनले भने । उनले अहिलेसम्म ४६ देशमा एमसिसी सम्झौता भएको र तीमध्ये तीन/चार देशमा सम्झौता खारेज भएको स्मरण गराए ।

‘सम्झौतामा अमेरिकी कानुन लागु हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यै पनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदा पनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ,’ उनले भने ।

उनले एमसिसी इन्डो प्यासिफिक रणनीति (आइपिएस) को अंग हो कि होइन भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । ‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसिसीमा ९ वटा शर्त अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया

(Visited 38 times, 1 visits today)

आजको समाचार

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

साताका लोकप्रिय समाचार

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

ट्रेन्डिङ

सर्लाहीमा समुदायस्तरमै कोरोना संक्रमण

सर्लाही । सर्लाहीमा कारोना संक्रमण समुदायमा स्तरमा फैलिएको छ । हिजो बुधवार बरहथवा नगरपालिकामा एकैपटक २६ जनामा संक्रमणको पुष्टि भएको र तिमध्ये सबै समुदायमै...

शाकाहारी काम छैन भन्नुको अर्थ चिकेन चिल्ली खान खोजेका हैनन् होला त : प्रधानमन्त्री

सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक आन्दोलन गर्न लागेको बताएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)