Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३प्रधानन्यायाधीशले बोलाए बेन्च–बार बैठक

प्रधानन्यायाधीशले बोलाए बेन्च–बार बैठक

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयको विवाद मिलाउनका लागि बेन्च–बार समन्वय समितिको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बस्नेगरी समन्वय समितिको बैठक बोलाएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशपछि भएको नियुक्तिविरुद्ध परेको रिट सुनुवाइको विषयलाई लिएर लामो समयदेखि संवैधानिक इजलासमा सुनुवाइ रोकिएको छ । संवैधानिक परिषद्सम्बन्धी रिटमा प्रधानन्यायाधीश राणा आफंै विपक्षी भएको मुद्दा हेर्न नमिल्ने कानुन व्यवसायीको मागपछि उनी अलग हुने निर्णय गरेका थिए । तर, सर्वोच्चकै न्यायाधीश हरि फुँयालको एकल इजलासले दुईवटा निवेदनमाथि सुनुवाइ गर्दै आदेश गरे, ‘प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न सक्ने वा नसक्ने विवाद राष्ट्रिय महŒवको भएकाले तत्काल संवैधानिक नियुक्तिविरुद्ध परेका निवेदनमा सुनुवाइ नगर्नू  ।’ न्यायाधीश फुयालले मिश्रको निवेदनमा कारण देखाऊ आदेश जारी गरे भने रेग्मीको निवेदनमा उनले मागेजस्तै अन्तरिम आदेश दिए र भने, ‘यी मुद्दाको अन्तिम टुंगो नलागेसम्म नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ नगर्नू ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गरेपछि संवैधानिक इजलास गठनको विवाद बढेको थियो । सो विवाद समाधानका लागि भन्दै प्रधानन्यायाधीश राणाले निकास निकाल्न समन्वय समितिको बैठक बोलाएका हुन् । सो समितिमा सर्वोच्च अदाल बार एसोसियसनका अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष, पूर्वअध्यक्षसहित पाँच जनाले सहभागिता हुनेछ । सर्वोच्च अदालतबाट पनि पाँच जनाको सहभागिता हुने भएको छ ।

बारका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरू तथा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेतृत्व गर्ने छन् । त्यस्तै, सर्वोच्चबाट वरिष्ठता क्रममा रहेका ४ न्यायाधीश र मुख्य रजिस्ट्रार लालबहादुर कुँवर सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया

(Visited 71 times, 1 visits today)

आजको समाचार

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

साताका लोकप्रिय समाचार

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

ट्रेन्डिङ

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा । झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय...

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)