अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

काबुल । अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ ।

छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन हुनेमा धेरैले आशंका गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरुप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाई छ ।
तर, शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ ।

यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नयाँ नीति अनुसार विश्वविद्यालय र विद्यालय तहमा छात्रछात्राको अलग पोसाक हुनेछ ।
यसअघि तालिवानले आफ्नो पहिलो शासनकालमा महिला र बालिकालाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष