इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत लिइने भाषा परीक्षा आज (सोमबार) हुने भएको छ । दुई सरकारबीच भएको सम्झौताअनुसार जीटुजीमार्फत पहिलोपटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा सरकारले सोमबार लिन लागेको हो ।

सरकारले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि परीक्षामा सहभागी हुन इच्छुक आवेदनकको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको बताएको छ ।

मन्त्रालयको निणर्यसँगै वैदेशिक रोजगार विभागले सो भाषा परीक्षा सम्पन्न गराउन लागेको हो । वैदेशिक रोजगार विभागका अनुसार आवेदन दिई दरखास्त स्वीकृत भएका उम्मेदवारको भौतिक उपस्थितिमा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा सोमबार १ बजे अंग्रेजी भाषाको लिखित परीक्षा सञ्चालन हुनेछ ।

काठमाडौंका विभिन्न ११ स्थानमा परीक्षा केन्द्र

विभागले भाषा परीक्षा स्वास्थ्य मापदण्डसहित पालना गरेर परीक्षा सञ्चालन गर्ने भएको जनाएको छ । इजरायलमा नेपाली कामदार पठाउन लिइने यस अंग्रेजी भाषाको परीक्षाका लागि काठमाडौंका विभिन्न ११ वटा स्थानमा केन्द्र तोकेको छ ।

जसमा सोमबार हुने परीक्षा केन्द्रमा कलंकीस्थित एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार हाइस्कुल, नयाँ बानेश्वरको मदन भण्डारी मेमोरियल कलेज, नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वरको सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, बसुन्धराको साउथ वेस्टर्न स्टेट कलेज र बत्तीसपुतलीको गोल्डेनगेट इन्टरनेसनल कलेजमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस परीक्षामा सहभागी हुनेहरू भौतिक रूपमा नै उपस्थित हुनुपर्नेछ । इजरायल रोजगारीको परीक्षा १ सय पूर्णाङ्कको हुने भएको छ । जसका लागि इजरायल सरकारले अंग्रे्रजी भाषालाई प्राथमिकता दिएको छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० नम्बर ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । यसैगरी, दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि लिईने परीक्षाका लागि २० अंक छुट्याइएको छ ।

विभागले यसअघि नै रोजगारीका लागि इजरायल जान इच्छुक नेपालीलाई एक महिनाको समय दिएर आवेदन खुलाएको थियो । सोही आवेदनमा कुल ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका छन् । जसमध्ये आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष छन् भने ४ हजार २ सय जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायलले यस भाषा परीक्षा उत्तीर्ण भएकामध्ये तोकिएका सबै प्रक्रिया पूरा गरी १ हजार जना नेपालीलाई आफ्नो मुलुकमा लैजानेछ । जसमा ७ सय जना महिला र ३ सय जना पुरुषको कोटा रहेको छ ।

नेपालबाट दक्ष जनशक्ति पठाउन २०७७ सालको माघमा नेपाल र इजरायल सरकारबीच सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाएर सरकारले माग भएको कोटामा नेपाली कामदार पठाउन भाषा परीक्षा सम्पन्न गर्न लागेको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

सुजाता निवासमा पौडेल, सिटौलाबीच छलफल
उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत
कांग्रेसले आज देशभर प्रदर्शन गर्दै
ज्वरोमा हेलचेक्र्याइँ नगरौं
पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पुरा गर्छौ : शिक्षामन्त्री
तरकारीबाट कोरोना सर्दैन : डा देबकोटा

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी