एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा

 

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।

लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए ।

यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्जज्यू कैलाली आउनु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’

स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आएको दाबी गरे । ‘भोलि एमालेको केन्द्रीय कमिटी बैठक छ,’ उनले भने, ‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला । तर अहिले इन्चार्ज उहाँ नै हो, सुदूरपश्चिममा इन्चार्जकै भूमिकामा आउनुभएको हो ।’

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

लकडाउनको प्रभाव मिथिलाञ्चलको हिलोपानी पर्व
कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास
राष्ट्रपति कार्यालय कब्जासँगै तालिबानद्वारा युद्ध समाप्तिको घोषणा
फेरि लकडाउन ? फेरियो मोडालिटी
हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ
काँकरभिट्टा नाका प्रवेशमा रोक

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी