Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३फेरिए तालिबान, शासन व्यवस्था लचक

फेरिए तालिबान, शासन व्यवस्था लचक

एजेन्सी,
sharethis

काबुल । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का लगाएका छन् । उनीहरू हरेकको अगाडि राखिएको छ, अफगानिस्तानको झन्डा ।

अर्काे तस्बिरमा छात्र र छात्रा दुवै अध्ययन गरिरहेका छन् । छात्र र छात्राको बीचमा पर्दा राखिएको छ । यसको मतलव हो, छात्र र छात्राले एकले अर्कालाई नदेखून् । यसमा भने छात्राहरूले बुर्का लगाएका छन् तर मुख नछोपिने गरी । यो तस्बिर भने तालिबानले पुनः सत्ता कब्जा गरिसकेपछि र सरकार गठन हुनुअघिको हो ।

अफगानिस्तानमा तालिबानी समूहले शासन सत्ता हातमा लिएपछि छात्राहरूको पढाइ कस्तो हुन्छ भन्ने कौतुहलताबीच त्यहाँको तालिबान सरकारले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिबानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाबीच उनीहरूले विश्वविद्यालय जान दिने बताएका हुन् ।

तर, एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिबान सरकारका उच्च अधिकारीहरूले जनाएका छन् । केही समयअघि भने छात्रालाई पनि पढ्न विश्वविद्यालय जान दिने तर एउटै कोठामा पढाइ हुने भए पनि बीचमा पर्दा राख्नेबारे छलफल भएको थियो ।

तालिबानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

तर, अहिले विश्वविद्यालयहरूमा महिलालाई पुरुषभन्दा छुट्टै राख्न तालिबान सरकारका नयाँ शिक्षामन्त्रीले निर्देशन दिएका छन् । विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिबानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रूपमा लिइएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो । विश्वविद्यालयहरूलाई लिंगका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागू पनि गरिने तालिबानले जनाएको छ ।

उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिए ।

तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर, गत २५ अगस्टमा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ ।

तालिबानको अघिल्लोपटकको आफ्नै शासनकालमा भन्दा केही लचक भए पनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ ।

तालिबानले झन्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरू कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिबानको हातमा आएको हो । उनीहरूले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरू धेरै कामहरूमा अन्योल देखिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 315 times, 1 visits today)

आजको समाचार

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  धनगढी । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

सेफ अली र फरन ‘फायर’ मा जाेडिए

  मुम्बई ।  कोरोनाको महामारी पछि सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु भएको छ । चलचित्रकर्मीहरु आफैं फिल्म निर्माण र छायाँकनमा उत्रिएका छन् ।...

ट्रेन्डिङ

एक हप्ताभित्र धोबीखोला करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन...

अभिनेता अर्जुनले प्लाज्मा दान गर्ने

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)