Monday, September 27, 2021
Your Ads Here
Homeबिचारसहकारी, गरिबी निवारण र सामाजिक रूपान्तरण

सहकारी, गरिबी निवारण र सामाजिक रूपान्तरण

गोपीनाथ मैनाली,
sharethis

सहकारी श्रम, पुँजी सीप र समय परिचालनको माध्यम हो । त्यसैले सहकारीमा आबद्ध हुनु भनेको उद्यमशील बन्नु हो । मानवीय, सामाजिक र आर्थिक पुँजी निर्माण गर्नु हो । व्यक्ति स्वेच्छिक रूपमा सहकारी उद्यममा संलग्न हुने भएकाले उसको वृत्ति चयन उसको क्षमताको सबैभन्दा सम्भाव्य क्षेत्र पनि हो । यस अवस्थामा आप्mना आवश्यकता पूरा गर्न आफंै परिचालन हुने प्रक्रिया भएकाले गरिबी घटाउन र स्वरोजगारी सिर्जना गर्न यो भरपर्दो माध्यम हो । त्यसैले के विकसित बा विकासशील सबै मुलुकमा सहकारी जनस्तरको आर्थिक अभियान हो । विश्वमा १ अर्ब मानिस सहभागी भई ३० लाख सहकारी संस्था सञ्चालन गरेका छन् । जसले २५ करोड मानिसलाई प्रत्यक्ष रोजगारी दिएको छ । अग्रपृष्ठ सम्बन्धका आधारमा अरू धेरैलाई रोजगारीलगायत आर्थिक गतिविधिमा आबद्ध गरेको छ ।

नेपालको कुरा गर्ने हो भने सहकारीमा संलग्नता र गरिबी निवारणबीच सहसम्बन्ध देखिएको छ । पछिल्लो अध्ययनअनुसार सहकारीका सदस्य भएका व्यक्तिहरू कम गरिब देखिएको छन् । साबिक सहकारी तथा गरिबी निवारण मन्त्रालयले २५ जिल्लाका १२ लाख २४ हजार ४ सय १७ परिवारमा गरिबी पहिचानका लागि गरेको सर्वेक्षणमा प्रतिनिधि मान सूचक विश्लेषण गरी निकालिएको निष्कर्षमा सहकारी सदस्य भएकाहरू २२ दशमलव ५ प्रतिशत गरिब र सदस्य नभएका ३४ दशमलव ३ प्रतिशत गरिबी रहेको देखिएको छ । सो प्रतिवेदन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस (अक्टोबर १७)का उपलक्ष्यमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो । सहकारीले आर्थिक सम्बन्धलाई गतिशील बनाउने भएकाले गरिबी घटाउन यो एक सफल माध्यम हो । बचत तथा ऋण परिचालन, व्यावसायिक खेती, बजार व्यवस्था, भण्डारण तथा सञ्चयलगायतका मूल्यशृंखला विकास क्रियाकलापबाट सहकारीले आय आर्जन र रोजगारी सिर्जनाका काम गर्छ । सहकारीले बैंकले नसमेटेका, बजार प्रक्रियामा आबद्ध नभएका ससानो श्रम तथा सीपमार्फत सामूहिक हितका लागि उद्यशीलता प्रवद्र्धन गर्छन् । त्यसैले गरिब जहाँ छ, त्यही सहकारी पुग्छ ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोग र अक्सफोर्ड मानव विकास प्रयासबाट गरिएको अध्ययनका नतिजा विश्लेषण गर्ने हो भने पनि सहकारी संस्था भएको स्थानमा गरिबी बहुसूचकांकको स्तर राम्रो देखिएको छ । स्वास्थ्य, शिक्षा र जीवनस्तरसँग सम्बन्धित १० सूचकका आधारमा विश्लेषण गरिएको गरिबी बहुसूचकांक विधिअनुसार नेपालको राष्ट्रिय औसत एमपीआई २८ दशमलव ६२ हो । कम सहकारी संस्था भएको कर्णालीको एमपीआई स्तर ५१ दशमलव २२ हो । त्यसपछि कम सहकारी भएको प्रदेश २ को एमपीआई स्तर ४७ दशमलव ८९ हो, जबकि धेरै सहकारी भएका बाग्मती प्रदेश र गण्डकी प्रदेशको सूचकांक स्तर क्रमशः १२ दशमलव २४ र १४ दशमलव १९ छ ।

सहकारी दिगो विकासको आधार हो । संयुक्त राष्ट्रसंघको पहलमा सन् २०३० सम्मका लागि विकासको अन्तर्राष्ट्रिय मार्गचित्रका रूपमा आएको दिगो विकास लक्ष्यमा नेपालले पनि प्रतिबद्धताजनाएर १७ वटै लक्ष्यमा विभिन्न पाँच समयसीमामा लक्ष्य सूचकसहितको कार्ययोजना बनाएको छ । सबै प्रकारका गरिबी र बहिष्करण अन्त (लक्ष्य १), भोकमरी र कुपोषण अन्त्य (लक्ष्य २), सबैका लागि सहज स्वास्थ्य सेवा सुविधा (लक्ष्य ३), गुणस्तरीय शिक्षा र जीवनपर्यन्तका सीप (लक्ष्य ४), लैंगिक समानता र महिला तथा किशोरी सशक्तीकरण (लक्ष्य ५), सबैका लागि सुरक्षित पानी र सरसफाइ (लक्ष्य ६), सबैका लागि आधुनिक ऊर्जा (लक्ष्य ७), दिगो उत्पादन र उपभोग (लक्ष १२)लगायत सबै लक्ष्य कार्यान्वयन गर्न सहकारीले महत्वपूर्ण योगदान दिन सक्छन् । सरकार एक्लैले यति विस्तृत लक्ष्य पूरा गर्न सक्दैन । त्यसैले दिगो विकासको कार्यान्वयन संयन्त्रका सन्दर्भमा जसलाई लक्ष्य १७ मा उल्लखित एक महत्वपूर्ण पात्र सहकारी हो । सहकारीजस्ता सामुदायिक अभियानले दिगो विकासको लक्ष्यलाई सामुदायीकरण-स्थानीयकरण गर्न योगदान दिन सक्छन् ।

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र जैविक विविधतायुक्त सम्भावनालाई उपयोग गर्न सहकारी भरपर्दो माध्यम हो

नेपालको संविधानले ‘समाजवाद उन्मुख, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण’को लक्ष्य पूरा गर्न सहकारीलाई महत्वपूर्ण माध्यमका रूपमा लिएको छ । के कति कारण सहकारिता समाजवादको माध्यम बन्न सक्छ ? यसको उत्तर पनि नेपालको संविधानले दिएको छ ‘साधन स्रोतको अधिकतम परिचालनद्वारा समृद्ध अर्थतन्त्रको निर्माण’ र ‘आर्थिक सामाजिक न्याय’मार्फत । संविधानले सरकारी, निजी र सहकारी क्षेत्रलाई साधन, स्रोत र सम्भावना उपयोग गर्ने माध्यमका रूपमा लिएको छ । सरकार स्वाभाविक रूपमा अहंकारी हुन्छ, साधनको विनियोजन दक्षता देखाउन र सर्वसाधारणलाई परिचालन गर्न सक्दैन । निजी क्षेत्र साधन परिचालनमा कुशलता त देखाउँछ तर सर्वसाधारणको हितरक्षा र सहज पहुँचभन्दा लगानीका प्रतिफलका लागि ऐच्छिक रूपमा दौडिन्छ । लोककल्याणकारिता र वितरण न्याय उसको सरोकारको विषय होइन । सहकारी पारस्परिक हितका लागि स्वतफूर्त रूपमा आफंै परिचालित हुने क्षेत्र हो । स्वपरिचालन, स्वअनुशासन, स्वयं उत्तरदायित्व, आपसिकता, ऐक्बद्धता र न्यायजस्ता मूल्यबाट सहकारी क्रियाशील हुन्छ । त्यसैले सहकारी सर्वसाधारणको आफ्नै संस्था, आफ्नै क्रियाकलाप र आफ्नै आन्दोलन हो ।

नेपाली समाज विपन्नता, गरिबी, पछौटेपन र सामाजिक पदसोपान भएको ओहोदामुखी समाज हो । ओहोदामुखी समाजमा धेरै विपन्न र थोरै सम्पन्न हुन्छन् । विपन्नहरू आधारभूत आवश्यकताबाट समेत वञ्चितीमा हुन्छन् । विपन्नहरू परम्परागत उत्पादन संगठन संरचना र प्रविधिमा रहन्छन् । आर्थिक व्यवसायका सम्भावनाहरू उनीहरूसँग नै हुन्छ । ठूलो लगानी सामथ्र्य र विकसित प्रविधि भने हँुदैन । आपसी विश्वास सहकार्यबाट सामाजिक पुँजी निर्माण गर्न उनीहरू संगठित हुन सक्छन्, हुनुपर्ने आवश्यकता हुन्छ । यसबाट नै आपसिकता, सामाजिक सहभाव, जोखिम व्यवस्थापन, रोजगारी सिर्जना, समावेशी संस्कृति निर्माण गर्न र स्थानीय सम्भावनालाई उपयोग गर्न सकिन्छ । त्यसैले संविधानले सहकारीलाई लोकतन्त्रको सामुदायिकीकरण गर्ने र आर्थिक उद्यमशीलता जनस्तरबाट उठान गर्ने माध्यमका रूपमा स्वीकारेको हो । नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र जैविक विविधतायुक्त सम्भावनालाई उपयोग गर्न सहकारी भरपर्दो माध्यम हो । संवैधानिक आशय र सामाजिक वास्तविकता पनि यही हो । सैद्धान्तिक रूपमा पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको माध्यम सहकारिता हो भने सहकारिता प्रवद्र्धनमार्फत सामाजिक–आर्थिक विकास र राष्ट्रिय भावनाको उन्नयन भएको उदाहरण कतिपय विकसित मुलुकहरूले दिइसकेका छन् । केही मुलुक सहकारीमार्फत कृषिको आधुनिकीकरण गरिरहेका छन् त कतिपय मुलुक उत्पादन र सेवा सहकारीमार्फत आर्थिक विकासमा अग्रसर छन् । सहकारी कार्यक्षेत्रका विविध आयाम छन् र सबै आयामलाई विश्लेषण गर्ने दार्शनिक सोच पनि विकास भइसकेको छैन । गरिएका विश्लेषणमा कतै आग्रह र कतै उपेक्षा देख्न सकिन्छ । हाम्रो वस्तुगत अवस्था केन्द्रित भएर विश्लेषण गर्ने हो भने समावेशी विकास, महिला सशक्तीकरण, युवा स्वरोजगार, व्यावसायिक क्षमता विकास, व्यावसायिक ढाँचाबाट गरिबी निवारण, बचत तथा ऋण परिचालनमार्फत वित्तीय सेवा, सामाजिक सुरक्षा र कृषि क्षेत्रमा सशक्तीकरणका लागि सहकारीले थुप्रै गर्न सक्छ ।

सहकारी सर्वसाधारणको आफ्नै संस्था, आफ्नै क्रियाकलाप र आफ्नै आन्दोलन हो

नेपालको सहकारीले विस्तारको चरण पार गरेको छ । केही क्षेत्रमा महत्वपूर्ण योगदान पनि गर्दै आएका छन् । २०४८ मा सहकारी ऐन लागू भएपछि सहकारीको विस्तारको क्रम ह्वात्तै बढे पनि गुणात्मक पक्षमा ध्यान दिनपर्ने स्थिति देखिएको छ । सहकारी ऐन, २०७४ ले सहकारीहरूलाई गुणात्मक बनाउन सिद्धान्त र मूल्य निर्दिष्ट बनाउने र एकीकरणमा जान प्रोत्साहन गरेको छ । अहिले धेरैजसो सहकारीहरू उत्पादन क्रियाकलापमा संलग्न छैनन् । २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारीमध्ये ३९ दशमलव ३४ प्रतिशत बचत तथा ऋण कारोबारमा गर्छन् भने बहुउद्देश्यीलगायत अन्य सहकारी पनि मुख्य उद्देश्यको कारोबारमा भन्दा बचत ऋण परिचालनमा नै संलग्न छन् । कृषि, दुग्ध, उपभोक्ता सहकारीहरू कारोबार उत्साहजनक छैन । श्रमिक तथा कालिगढी सहकारी क्रियाशील हुन सकेका छैनन् । सहकारी गतिविधिमा संलग्नताको स्तर बचत तथा ऋणमा अति उच्च, वस्तु तथा अन्य सेवामा अति न्यून देखिनु सहकारी अभियानका दृष्टिमा सुधारको सम्भावना प्रशस्त छ भन्ने संकेत हो । अपेक्षित क्षेत्रमा सहकारीको फैलावटका आधारमा पनि उद्योगमा अति न्यून, वित्तीयमा अति उच्च र ऊर्जा, यातायात, खुद्रा बिक्री, उत्पादनपछिका सेवामा न्यून देखिएको छ । सहकारी कार्यको असरका सूचक विश्लेषण गर्दा सामाजिक आयाममा उत्साहपूर्ण र आर्थिक आयाम सुधार गर्नुपर्ने देखिन्छ । भौगोलिक फैलावट सहर र सुविधास्थलमा बढी छ, आवश्यकता ग्रामीण र विपन्न क्षेत्रमा छ । सहकारीहरू विशिष्टीकृत सेवा दिन सकिरहेका छैनन् भने आन्तरिक सुशासनको अभावका कारण सहकारीहरू समस्याग्रस्त बन्दै गएका छन् । जसबाट समग्र सहकारी आन्दोलनप्रति नै विश्वासको संकट पैदा हँुदै छ । संविधान र आवधिक योजनामा सहकारीलाई उच्च महत्व दिइएको छ । सहकारीहरू स्वनियमनमा छैनन्, नियमन गर्ने सरकारी संयन्त्रको क्षमता कमजोर छ ।

इन्दिरा गान्धीका अनुसार सहकारी आन्दोलनजस्तो सम्पूर्ण रूपले सामाजिक उद्देश्यको शक्तिशाली औजार अरू कुनै छैन । रवर्ट आवेनका अनुसार यो समाजवादको माध्यम हो । यसले सामाजिक न्याय, सांस्कृतिक समावेशिता, आर्थिक समृद्धि, नागरिक सशक्तीकरण, नेतृत्व विकासलगायतका क्षेत्रमा सहयोग पु¥याउँछ । कमजोर वर्गका लागि समानता र पारस्परिकताका आधारमा आर्थिक उपलब्धि विस्तार गर्ने भएकाले सहकारी सदस्यको सुखदुःखको स्थायी सहकार्य हो । यसैको जगमा रहेर आर्थिक समृद्धि र सामाजिक रूपान्तरण गर्न सकिन्छ । यो स्वनिर्भर अर्थतन्त्र निर्माणको आधार हो । दिगो आर्थिक विकास, सामाजिक न्याय र लोकतन्त्रको सामुदायीकरण गर्ने आन्दोलन हो । यसलाई जति व्यवस्थित र स्वनियमित गर्न सकिन्छ । त्यति नै विकासलाई संस्थागत गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया

(Visited 400 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिएको पद तथा गोपनीयताको शपथ संवैधानिक कि असंवैधानिक हो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । गत ६ असोजमा...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

साताका लोकप्रिय समाचार

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

  काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन्...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

ट्रेन्डिङ

आईपीएलः चेन्नाई लयमा फर्कदै

युएइ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । पहिलो खेल सनराइजर्स हैदरावादलाई मुम्बइ इन्डिन्सले पराजित गर्यो । पहिलो खेलमा...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)