Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३मन्थली माविमा काण्डै काण्ड

मन्थली माविमा काण्डै काण्ड

कुमार श्रेष्ठ,
sharethis

रामेछाप । मन्थली नगरपालिका–१ को मन्थली मावि काण्डैकाण्डको भुमरीमा फसेको छ । भुमरीमा फसेको प्रमाणित हुनेहरूमा मन्थली नगरपालिकाका कर्मचारीदेखि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र कर्मचारीहरूसम्म रहेका छन् । उनीहरूमध्ये धेरैजसो कतै न कतै आर्थिक रूपमा जोडिएका छन् । नाम जोडिनेहरूमा नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीदेखि, दर्जनभन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य ओमबाबु पुरीसम्म रहेका छन् ।

जिल्लामा नमुना माविका रूपमा उँचो स्थान बनाएको हालको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियादेखि विभिन्न भौतिक संरचना निर्माणको क्रममा भए गरेका कमीकमजोरी र अनियमितता, कर्मचारी र शिक्षक नियुक्ति, अनि तलब भुक्तानी प्रक्रिया, विद्यार्थीसँगको शुल्क असुली र तलब भत्ता प्रकरणमा शिक्षक तथा नगरपालिकाका कर्मचारीहरूको समेत काण्ड जोडिएका छन् ।

विव्यस गठन सहयोग समितिले सार्वजनिक गरेको अभिभावकको नामावलीमा अभिभावकको संख्या १ हजार ६ सय ८९ जना थियो । तर २०७६-१०-०८ मा बसेको अभिभावक भेलामा उपस्थित अभिभावकको संख्या ४ सय ८३ मात्र रहेको देखिन्छ । यसलाई आधार मान्ने हो भने विद्यालय व्यवस्थापन समिति गठनका लागि गणपूरक संख्या नपुगीकन भेला र निर्वाचन गरेको देखिन आउँछ । त्यसबाहेक उम्मेदवार दर्ताबाहेकका निर्वाचनसँग सम्बन्धित अन्य कार्यहरू कार्यतालिकाबमोजिम सञ्चालन गरेको समेत देखिँदैन । विव्यस छनोट सहजीकरण समितिको बैठकमा समेत सबै उम्मेदवार उपस्थित भएका थिएनन् । मनोनयन दर्ता गराउनेको मनसाय नै फिर्ता नलिई मनोमानी ढंगले विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिनेलगायतका कामको आधारलाई हेर्ने हो भने वर्तमान व्यवस्थापन समिति अवैधानिक देखिन आउँछ ।

विद्यालयले सञ्चालन गरेको विविध कार्यक्रममा खाजा खर्च तथा भत्ता धेरै लिनेमा मन्थली नगरपालिकाका कर्मचारीदेखि शिक्षकसम्म रहेका छन् । छिमेकी विद्यालय अनुभव आदानप्रदान कार्यक्रममा मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले एकै दिन ६ हजारको खाजा खाएका छन् । त्यस्तै, २०७८ असार २९ गतेको शिक्षक मनोपरामर्श र नेतृत्व विकास तालिममा समेत नगरपालिकाको कार्यसञ्चालन निर्देशिकाविपरीत बुढाथोकीले एकै दिन १२ हजार भत्ता लिए ।

त्यसैगरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सौभाग्य न्यौपानेले समेत सोही शीर्षकमा १२ हजार रुपैयाँ र तत्कालीन रामेछाप नगर शिक्षा शाखा प्रमुख शुकदेव नेपालले पनि ३ हजार भत्ता लिए । तर, मन्थली नगरपालिकाको कार्य सञ्चालन निर्देशिकामा कार्यपत्र प्रस्तुत कर्तालाई २ हजार र तयारीकर्तालाई १ हजार दिने भनी प्रस्ट लेखिएको छ । छिमेकी विद्यालय अनुभव आदानप्रदान कार्यक्रममा मन्थलीमा विद्यालयकै शिक्षक चन्द्रसिं धामीले ४ हजारको खाजा खाए भने शिक्षक नरसिंह धामीले पनि ३ हजारको खाजा खाएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

शिक्षक भर्ना र शिक्षकको तलब
विद्यालयले कर्मचारी भर्नासम्बन्धी सामान्य नियम पनि पालना नगरी मनोमानी रूपमा शिक्षक भर्ना गरेको छ । सूचना नै प्रकाशन नगरी सोझै नियुक्ति पाउनेहरूमा २१ जना शिक्षक, चार जना कार्यालय सहयोगी र चालक तीन जना, सहचालक दुई जना र एक जना पुस्तकालयका कर्मचारी रहेका छन् । त्यसैगरी १० जना शिक्षकहरूले अध्यापन अनुमतिपत्रबिना नै जागिर खाने अवसर पाएका छन् ।

भविष्यका कर्णधार उत्पादन गर्ने जिम्मा लिएको विद्यालयले समेत कुनै ऐनकानुन नमान्नुले मन्थली माध्यमिक विद्यालयको नैतिकतामा प्रश्न उठेको छ । शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९, मन्थली नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ र मन्थली माविको शिक्षक तथा कर्मचारी छनोट र व्यवस्थापन कार्यविधि, २०७७ मा रहेको प्रक्रियासमेत वास्ता नगर्नुले मन्थली माध्यमिक विद्यालय ऐनकानुनविपरीत चलेको पुष्टि भएको छ । त्यसबाहेक मन्थली माध्यमिक विद्यालयले शिक्षकको तलबमा पनि किर्ते गरेको छ । उसले मन्थली नगरपालिकालाई बुझाएको तलबी भर्पाइमा र विद्यालयमा भएको भर्पाइमा धेरै फरक देखिएको छ । मन्थली नगरपालिकालाई बुझाउने भर्पाइमा तलब स्केल बढी देखाउँदै विद्यालयले शिक्षकलाई भने कम तलब दिने गरेको पनि पुष्टि भएको छ ।

२०७७ पुस १ गते नियुक्ति लिएका लेखापाल सञ्जीव श्रेष्ठको नाममा मन्थली माध्यमिक विद्यालयले उक्त मितिभन्दा अगाडि देखि नै उनको नाममा तलब निकासा गरेको छ । विद्यालयले लेखापाल श्रेष्ठ २०७५ फागुन १ गतेदेखि नै निरन्तर काम गरेको देखाइ २०७७ माघ ११ गते म्याद थपी २०७७ साउन १ गतेदेखि २०७८ असारसम्म २५ हजारका दरले तलब बुझेको भर्पाइ गरेको छ । सोझो आँखाले हेर्दासमेत निजको नाममा ६ महिना दोहोरो तलब लिएको देखिन्छ ।

तपाइको प्रतिक्रिया

(Visited 151 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

आजको समाचार

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

साताका लोकप्रिय समाचार

१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

  काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन...

५ सय २३ जनाको कैद कट्टा, आठ जनालाई माफी

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ को अवसरमा आठ जनालाई माफी र ५ सय २३ जनाको कैद कट्टा गरेकी छन् । राष्ट्रपति कार्यालयले...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

सर्वस्वीकार्य बन्न नसकेको विभूषण

काठमाडौं । ‘देश र जनताका लागि उल्लेखनीय कार्य गरेको’ भन्दै यो वर्ष संविधान दिवसको अवसरमा सरकारले ९ सय ३ जनालाई विभिन्न पदक दिने घोषणा...

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

ट्रेन्डिङ

काेराेना स‌ंक्रमणबाट चितवनमा थप एक जनाकाे मृत्यु

चितवन ।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको...

मलेसियासँग नेपालको हार

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)