Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशदिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने...

दिल्लीबाट झलनाथको सनाखत नजिर देखाउँदै सर्वोच्चले माधवका सम्धीलाई खोल्यो नेकपा एस रोज्ने बाटो

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलेको छ । पाण्डे समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नेकपा (एस) मा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने कामकारबाही नगर्न विपक्षी निर्वाचन आयोगसमेतका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा माधव नेपालको दल दर्ता निवेदनमा हस्ताक्षर नभएका झलनाथ खनालले नयाँदिल्लीबाट सनाखत गराएको र सनाखतलाई मान्यता दिएको नजिर प्रस्तुत गर्दै दल दर्ता नहुँदै निवेदनसहित पाण्डे र भट्ट आयोगमा उपस्थित भएकाले उनीहरू पनि आबद्ध हुन पाउने आदेशमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया

(Visited 51 times, 1 visits today)

आजको समाचार

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

भारत सरकारद्वारा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामग्री सहयोग

  सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ । आइतबार...

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

साताका लोकप्रिय समाचार

स्नातक अध्ययनका लागि कलेज खोज्दै करिश्मा

  काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अब स्नातक अध्ययन सुरु गर्ने भएकी छिन् । शुक्रबार मात्र उनले १२ कक्षाको परीक्षा सम्पन्न गरेकी छिन् । यी...

बजाज पल्सर इपिएल आजदेखि

काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आज (शनिबार) देखि शुरु हुदैछ । सबै ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी...

भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट...

ट्रेन्डिङ

गण्डकी प्रदेशमा एकैदिन थपिए ७७ जना कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा एकैदिन ७७ जना कोरोना संक्रमित देखा परेका छन् । योसँगै गण्डकीमा कुल संक्रमित ३ सय २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य...

बालिका बलात्कार आरोपमा दाङमा वृद्ध पक्राउ

तुलसीपुर । बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)