Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

जसपामा सरकारको नेतृत्वबारे दुई विकल्प

सुभाष साह,
sharethis

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमै सरकार विस्तार गर्दा उपप्रधानमन्त्री नराख्ने बताइसकेकाले यादवले भन्दा श्रेष्ठले जसपाको तर्फबाट सरकारको नेतृत्व गर्ने सम्भावना बढी छ ।

पार्टी अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच यो विषयमा सहमतिसमेत जुटिसकेको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री पाए यादव नै, नपाए श्रेष्ठ

जसपा संसदीय दल र कार्यकारिणी समिति बैठकले मन्त्री हुनेको नामावली टुंगो लगाउने अधिकार अध्यक्ष यादवलाई दिइसकेको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले आफूले नेतृत्व गरेको अवस्था र नगरेको अवस्थामा ककसलाई मन्त्री बनाउने भन्ने सूची बनाएका छन् । यद्यपि, यसलाई अन्तिम रूप दिन भने बाँकी छ ।

उपप्रधानमन्त्री नपाएको अवस्थामा यादवले आफूनिकटका नेतालाई मन्त्री बनाउने भएका छन् । जसपाभित्र पनि अध्यक्ष यादवलाई तत्कालीन मधेसी जनअधिकार फोरम हँुदादेखि सहयोग गरेका तर मन्त्री नभएका नेताले अहिले जिम्मेवारी पाउनेछन् ।

अध्यक्ष यादव आफूनिकटका नेता रामसहाय यादव र प्रदीप यादवलाई मन्त्री बनाउने अन्तिम निष्कर्षमा पुगेका छन् । बाराका सांसद रामसहाय तत्कालीन फोरम नेपालका महासचिव तथा अहिले जसपाको कार्यकारिणी सदस्य हुन् । सुरुदेखि नै रामसहायले उपेन्द्रलाई साथ दिँदै आएका छन् । उनी अहिलेसम्म मन्त्री भएका छैनन् ।

यस्तै, पर्साका प्रदीपको पनि मन्त्री हुने सम्भावना बढी छ । अहिलेसम्म मन्त्री नभएका प्रदीपले पर्सामा संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

तत्कालीन राजपाबाट जसपामा आएका महेन्द्रराय यादवसमेत मन्त्री हुने निश्चित छ । अध्यक्ष यादवले महेन्द्ररायलाई जसरी पनि मन्त्री बनाउने वचन दिइसकेका छन् । यस्तै, प्रमोद साह, इस्तियाक राई, अमृता अग्रहरी, रेणु यादव, राजकिशोर यादव, रेणुका गुरुङको समेत मन्त्री बन्ने चर्चा रहेको छ ।

यीमध्ये साह मन्त्री हुने निश्चित रहेको छ । सर्लाहीका सांसद प्रमोद र महेन्द्ररायलाई सरकारमा पठाउनेबारेमा अध्यक्ष यादवले टुंगो लगाइसकेका छन् । साहसँगै तत्कालीन राजपाबाट सांसदहरू अमृता अग्रहरी, नरमाया ढकाल, रुही नाज, रानी मण्डल यादवको समूहमा लागेका थिए ।

पार्टी विभाजनका बेला जसपामै रहने सांसदहरूलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका थिए । यी पाँच सांसदमध्ये साह र अग्रहरीलाई मन्त्री बनाउन अध्यक्ष यादवले निश्चित गरिसकेका छन् ।

लुम्बिनी प्रदेशबाट अध्यक्ष यादवले मोहम्मद इस्तियाक राई र अमृता अग्रहरीमध्ये एक जनाको नाम मन्त्रीका लागि सिफारिस गर्दै छन् । ‘लुम्बिनी प्रदेशबाट दुईमध्ये एक या दुवै समेटिने सम्भावना छ,’ जसपा स्रोतले भन्यो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

राई यसअघि मन्त्री भइसकेका कारण लुम्बिनीबाट अमृताको नाममै टुंगो लाग्ने सम्भावना बढी छ । उता सप्तरीकी सांसद रेणु यादवलाई छुटाउन नहुने पक्षमा अध्यक्ष यादव छन् । महिलालाई समेत सहभागिता गराउनुपर्ने पार्टीभित्र महिला सांसदले तीव्र दबाब दिएका कारण अमृता र रेणुलाई मन्त्री बनाउन अध्यक्ष यादव सहमत छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदलाई यसपटक सरकारमा नपठाउने नीति जसपाले बनाएको छ । यो नीति कार्यान्वयन भए राजकिशोर यादव र रेणुका गुरुङ यसपटक सरकारमा जान पाउने छैनन् । तर, यिनीहरू समेत मन्त्री हुनका लागि अध्यक्ष यादवलाई दबाब दिइरहेका छन् ।

जसपा फेरि फुट्ने त्रास
सरकारमा सहभागी हुने नेताको नामावली टुंगो लाग्दै गर्दा अध्यक्ष यादवलाई जसपा फेरि विभाजन हुन त्रास छ । प्रधानमन्त्री देउवाले दल विभाजनका लागि ल्याएको अध्यादेश अहिले पनि लागू नै छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरेको थियो ।

सोही अध्यादेशका कारण जसपाबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भइसकेको छ । तत्कालीन राजपा पृष्ठभूमिका नेताहरू जसपामा आउँदा अध्यक्ष यादवले सबैलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, जसपाले ६ मन्त्री मात्र पाउने भएकाले सबैलाई मन्त्री बनाउन सम्भावना छैन । त्यसैले असन्तुष्ट सांसदले सोही अध्यादेशका कारण पुनः अर्को दल गठन गर्ने हो कि भन्ने त्रास अध्यक्ष यादवलाई रहेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवले पहिला सो अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनुपर्ने पाँच दलीय गठबन्धनको बैठकमा माग गर्दै आएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

जसपाको संसदीय दलमा २१ जना सांसद रहेका छन् । राष्ट्रिय सभामा २ र प्रतिनिधिसभामा १९ जना सांसद जसपाको रहेको छ ।

सत्तारूढ गठबन्धनका बीचमा भएको आन्तरिक सहमतिअनुसार जसपाले ६ मन्त्रालय पाउनेछ । मन्त्री बन्ने लोभ तथा बार्गेनिङ गरेर महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका केही सांसद जसपामा पुगेका छन् । जसपामा पनि असन्तुष्ट सांसदको संख्या ४ भए अहिलेकै अध्यादेशअनुसार नयाँ दल गठन गर्न सकिन्छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया

(Visited 155 times, 1 visits today)

आजको समाचार

खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

मुस्ताङ ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

साताका लोकप्रिय समाचार

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

यो समय, त्यो समय

‘लौ भन्नूस्, के भन्नुप-यो ? सोध्नूस्’ एकैछिनअघि घरको झ्यालमा खाजा खाँदै देखिएका ८६ वर्षीय मानबहादुर महर्जन ‘साक्षात’ हुन आइसकेका छन् । ‘चिया खानु न बा,’ उनीअघिल्तिर...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

ट्रेन्डिङ

इलामका थप चार जनामा कोरोना पुष्टि

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)