Monday, September 27, 2021
Your Ads Here
Homeबिचारतालिबानमा देखिएको लचकता

तालिबानमा देखिएको लचकता

राजधानी समाचारदाता,
sharethis

काबुलमा तालिबानको पुनारागमनसँगै पश्चिमासहित पूर्वीय देशहरूले पनि तालिबान पुरानै छन् वा फेरिएर आएका छन् भनी जिज्ञासा प्रकट गरिरहेका थिए । एकआपसमा तालिबानबारे विभिन्न धारणा बाझ्दै गर्दा तालिबानी शासन व्यवस्थाले जनतालाई आजभन्दा २० वर्ष अघिको होइन अहिलेकै शासन पद्धति लागू गर्ने पक्षमा देखिएका छन् । धेरैको अनुमान थियो तालिबान पुरानै अवस्थामा टिक्न सक्ने छैनन् । उनीहरूले आफूलाई समय सापेक्ष ढाल्नुपथ्र्याे । त्यही गरे तालिबानहरूले । तालिबानी शासन मूलतहः धार्मिक शासन भएकाले त्यो बदल्न निकै गाह्रो थियो । सरिया कानुनमा आधारित तालिबानी शासन व्यवस्थामा सबैभन्दा बढी पीडित महिला नै हुन्थे र हुँदै आएका छन् पनि । तर, तालिबानीहरूको २० वर्षपछि काबुल आगमनसँगै यिनीहरू फेरिँदो अवस्थामा जाँदै गरेका छन् । सबैले अनिवार्य बुर्का लगाउनैपर्ने, महिलाले पढ्नलेख्न नपाउने, सरकारी जागिर खान नपाउने र शासन व्यवस्थामा सहभागी हुन नपाउने जस्ता कडा प्रावधान तालिबानी शासनमा थिए । तर, अहिलेको तालिबानी सरकारले ती कडा प्रस्थापना र प्रावधानमा पुर्नविचार गर्ने भएका छन् ।

जसअनुसार महिलाले पढ्न पाउने तर, महिला र पुरुषहरूको विद्यालय भिन्दा भिन्दै हुनेगरी व्यवस्था गर्ने भएका छन् । त्यसै गरी सरकारमा महिला पनि सहभागी गराउने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तालिबानले आस्वस्थ गराउँदै आएका छन् । बदलिएको परिस्थितिअनुसार तालिबानी शासन व्यवस्था कायम हुन नसकेमा अन्तर्राष्ट्रिय समुदायसँग ढेलमेल हुन, सहकार्य गर्न र विभिन्न विषयमा सँगै अगाडि बढ्न स्वयं तालिबानलाई समस्या पर्न सक्थ्यो । यो समस्या महिला शिक्षा, महिला सहभागिता जस्ता महिलाप्रति उदार प्रस्थापनासहित तालिबानले आफूलाई समकालीन समयअनुसार परिमार्जित गर्दै गइरहेका देखिन्छन् । मुस्लिम धर्ममा आधारित तालिबानी शासन व्यवस्थामा हिन्दू धर्ममा आधारित जात प्रथा नदेखिए पनि त्यहाँ लैंगिक विभेद भने चरम अवस्थामा देखिन्छ । त्यो मूलतहः महिला शोषण र उत्पीडनमा आधारित देखिन्छ । यदि महिलालाई अधिकार सम्पन्न बनाउन तालिबानहरू सफल रहे भने उनीहरूको शासन सत्ता सन् २००१ मा जस्तो अन्तर्राष्ट्रिय शक्ति पसेर धपाउने अवस्थामा पुग्ने छैन । यस मामलामा तालिबानी सचेत रहेको देखिन्छ ।

त्यसैले, तालिबानहरू राष्ट्रिय रूपमा सापेक्ष महिलामैत्री शासन व्यवस्था अपनाउन र बाह्य रूपमा अन्तर्राष्ट्रिय संघसंथाहरूले राखेका र आशा गरेका विषयमा लचिलो बन्न सतर्कतापूर्वक अघि बढिरहेको देखिन्छ । पक्कै पनि तालिबानले बोध गरेको हुनुपर्छ कि सन् २००१ को जस्तो अवस्थामा छैन । योबीचमा उनीहरूले अमेरिका, चीनलगायतका धेरै शक्तिहरूसँग वार्ता गर्ने, कुराकानी गर्ने उनीहरूसँग अबको सत्तामा विदेशी स्वार्थ के छन्, स्वदेशी समस्या के छन् ? तिनका बारे बढी नै छलफल र बहस गरिसकेका छन् । यस अर्थमा तालिबान केही फेरिएका र धेरै कुराहरू परिमार्जनसहित नयाँ तरिकाले कार्यान्वयन गर्ने सोचमा पुगेका हुन सक्छन् । तालिबानलाई पुरानै आँखाले हेर्न नहुने, छिमेकी देश चीनको भनाइमा पनि धेरै कुरा अभिव्यक्त हुन पुगेका छन् । यिनै सबै कुरालाई मध्यनजर गरेर तालिबान बढी महिलामैत्री कार्यक्रम कार्यान्वयन गर्ने मनस्थितिमा पुगिरहेका छन् । विश्व परिवेशबाट एक्लिएर र एक्ल्याएर काबुलमा शासन सञ्चालन गर्न सकिने उनीहरूलाई पनि लागेको देखिँदैन ।

तपाइको प्रतिक्रिया

(Visited 89 times, 1 visits today)

आजको समाचार

अपहरणको आरोप लागेका चार जनाको शव तालिबानले ‘सार्वजनिक स्थानमा झुन्ड्याइदियो’

  काबुल। अफगानिस्तानको हेरात सहरमा तालिबानले अपहरणमा संलग्न चार जनाकाे शवलाई सार्वजनिक स्थानमा झुन्ड्याएका छन् । तालिबानका एक अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन...

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

  काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा...

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

साताका लोकप्रिय समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

ट्रेन्डिङ

बेरुजु फस्र्योट र पुँजीगत खर्च वृद्धि गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायमा बेरुजु फस्र्योट दर न्यून देखिएको भन्दै फस्र्योटलाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको छ...

कोरोना संक्रमितको उपचारमा ‘हेलचेक्राईं’

बारा । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता (नाम परिवर्तित) लाई कोरोना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)