Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsगाडीभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

गाडीभित्रै बालिका बलात्कार गर्ने चालक र सहचालक पक्राउ

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु-याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै जबर्जस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

बालिकालाई गन्तव्यसम्म नपु-याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ । घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 234 times, 2 visits today)

आजको समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

साताका लोकप्रिय समाचार

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

ट्रेन्डिङ

पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

भद्रपुर । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका...

सडकका जनावर बचाउन शाहरुखको आग्रह

मुम्बई । बलिउडमा सिनेमामा कार्यरत २५ हजार सिने प्राविधिकलाई एक महिनाको खाना खुवाउन जिम्मा लिएका अभिनेता शाहरुख खानले अन्य सामाजिक कार्य पनि गरिरहेका छन्...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)