धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी उनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, पूर्वधावक एवं गीतकार बुद्धिवीर लामा, ट्रस्टका अध्यक्ष मनीषराज जोशीलगायतले बिदाइ गरे ।

महर्जनले सेप्टेम्बर २६ तारिखमा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्नेछन् । महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेरसमूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ । महर्जनको यो समग्रमा नवौं अन्तर्राष्ट्रिय सहभागिता हो ।

यसअघि उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्न दूरीको दौडमा सहभागिता जनाइसकेका छन् । त्यसमा जापानमा भएको १८औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कांस्य जितेका थिए । जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि हो । महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन् ।

उनको सहभागिताका लागि कीर्तिपुर नगरपालिकाले ५० हजार, कीर्तिपुर खेलकुद समाजले २१ हजारसहित व्यक्तिगत रूपमा पनि सहयोग प्राप्त भएको जानकारी दिए । बिदाइ कार्यक्रममा पूर्वअध्यक्ष थापाले २५ हजार तथा ट्रस्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग उपलब्ध गराए । वैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको थियो । ट्रस्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा
चिनीमा कालोबजारी रोक
भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु
युरोका लागि नेदरल्यान्ड्सको टोली घोषणा
सिद्धेश्वर महादेवमा फेरिए देउकेटा
राप्रपाले पायो आईडियूको सदस्यता

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी