न्यूनतम ग्यारेन्टीबिना निर्माताले फिल्म नदिने

काठमाडौं । शुक्रबारबाट नेपालका सिनेमा हल खुल्ने भनिएको थियो । तर, १ असोज शुक्रबारबाट हल खुल्न सकेनन् । हलवालाहरूको संस्था नेपाल चलचित्र संघका उपमहासचिव गोपाल कायस्थका अनुसार अहिले नेपाली चलचित्रका निर्माताले हललाई आफ्नो चलचित्र दिएका छैनन् । फिल्म नै नपाएका कारण आफूहरूले हल खोल्न नसेको कायस्थले बताएका छन् ।

गत साता नै सरकारले काठमाडौंको हल खोल्ने अनुमति दिएको थियो । १ असोजबाट सामाजिक दूरी कायम गर्दै काठमाडौं उपत्यकाबाहिरका सिनेमा हल पनि खोलेर सञ्चालन गर्न सक्ने भन्दै सरकारले अनुमति दिएको छ । तर, पनि शुक्रबारबाट सिनेमा हल खुल्न सकेनन् ।

आपूmहरूले सिनेमा नपाएकै कारण हल खोल्न नसकेको हल सञ्चालकको कथन छ । अब दसैं नजिकिँदै गरेका कारण अर्को साताबाट नेपाली चलचित्र रिलिज होला कि भन्ने आशा हल सञ्चालकहरूले गरेका छन् ।

खुलेनन् फिल्म हल

तर, चलचित्र निर्माताहरू यत्तिकै आफ्नो चलचित्र रिलिजका लागि दिने पक्षमा छैनन् । निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष एवं चलचित्र निर्माता उदय सुब्बाको आकाशे खेती, क्यारेङग्याङ २ सहित तीनवटा चलचित्र रिलिजका लागि तयारी अवस्थामा छन् । तर, उनी यस्तो अवस्थामा आफ्नो सिनेमा प्रदर्शनका लागि हलमा दिने पक्षमा छैनन् ।

‘आधा मात्र दर्शक राखेर हल फिल्म चलाउनु भन्ने सरकारको निर्देशन छ । अहिलेको अवस्थामा हलमा दर्शक आउने भन्ने ग्यारेन्टी नै भएकाले त्यत्तिकै हचुवाको भरमा कसरी चलचित्र रिलिज गर्नू ?’ निर्माताहरूको लगानीको कम्तीमा ५० प्रतिशत रकम फिर्ताको ग्यारेन्टी गरेपछि मात्र आपूmहरूले फिल्म रिलिज गर्ने सुब्बाले बताए ।

उपाध्यक्ष उदय सुब्बा मात्र होइन, अरू निर्माता पनि न्यूनतम ग्यारेन्टीबिना आफ्ना सिनेमा रिलिज गर्ने पक्षमा छैनन् । अहिले प्रदर्शनका लागि तीन दर्जन चलचित्र प्रतिक्षामा छन् । तीमध्ये दुई दर्जन चलचित्र २०७६ सालकै हुन् । बाँकी एक दर्जन चलचित्र डेढ वर्ष यता निर्माता गरिएका हुन् ।

यसै विषयमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले राजधानीसँग भने, ‘हामी फिल्म रिलिज गर्न तयार छौं । तर, हाम्रो लगानीको कम्तीमा आधा रकम उठ्ने जिम्मा हल सञ्चालक र सरकारले लिनुप-यो । अधिकारीले अगाडि थपे, ‘सरकारले हामीलाई केही फिल्म रिलिजका लागि अझै केही महिना न्यूनमत सहुलियत दिनुप-यो । यस्तै, हल सञ्चालकहरूले न्यूनतम यति रकमसम्म उठाएर दिन सक्छौं भनेर ग्यारेन्टी लिएको खण्डमा हामी फिल्म रिलिज गर्न तयार छौं ।’

अहिले नेपाली चलचित्रलाई कसरी रिलिज गर्ने भन्ने कुरा चलचित्र विकास बोर्ड र नेपाल सरकारको सञ्चार मन्त्रालयसँग बार्ता चलिरहेको पनि अधिकारीले बताए । कुरा मिलेमा अर्को साताबाट नेपाली चलचित्र रिलिजको वातावरण बन्ने पनि अध्यक्ष अधिकारीले बताए, ‘निर्माताहरू आफ्नो फिल्म रिलिज गर्न तयार हुनुहुन्छ ।

तर, त्यसका लागि उहाँहरूलाई हलवालाहरूले न्यूनतम यतिसम्म रकम दिनेछौं भनेर ग्यारेन्टी गर्नुप¥यो ।’ यसोभयो भने अर्को साताबाट नेपाली चलचित्र रिलिज हुने पनि अधिकारीकारीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी