काठमाडौं । डेढ दशकसम्म लोक दोहोरीमा आफुलाई समर्पण गरेपछि लोक गायिका देविका केसी क्यानडा गईन । उनी केही वर्ष देखि क्यानडामा बस्दै आएकी छन् । वर्षमा एक पटक नेपाल आएर उनले आफ्नो स्वरमा नयाँ गीत निकाल्ने गरेकी छिन् । यसै क्रममा हालै नेपाल आएकी उनले आफ्नो स्वरमा नयाँ गीत नयाँ गलबन्दी…रेकर्ड गरिन् । यो गीतको भिडियो छायाँकन सकेर उनी फेरी क्यानडा तर्फ उडिन् ।
यही नयाँ गीत नयाँ गलबन्दीको भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको छ । यो गीतलाई शिब हमालले लेखेको हुन् । उनकै अफिसियल युट्युव च्यानलबाट भिडियो रिलिज गरिएको छ ।
यो गीतमा गायिका देविका केसीलाई पुरुष स्वरमा गायक शनी विश्वकर्माले साथ दिएका छन् । दोहोरी गीतले यतीबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । गीतलाई संगीत पनि शिब हमालले गरेका हुन् । जसमा आशिष अविरलको संगीत सँयोजन रहेको छ ।
यो गीतको भिडियो निकै महँगो खर्चमा तयार भएको देविकाले बताईन्,‘गीत राम्रो बनेको छ । भिडियो पनि राम्रो बनेन भने गीत चल्दैन । त्यसैले महँगो खर्च गरेर भिडियो बनाउनु परेको हो ।’ देविकाले राजधानीसँग भनिन् ।
यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई सुनिल क्षत्रीले निर्देशन गरेका हुन् । जसमा पल शाह र वर्षा राउतको मुख्य भूमिका रहेका छन् ।