बढदै छ आत्महत्या, सचेतना बढाऔं

 

विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा वार्षिक ८ लाखले आत्महत्या गर्ने गर्दछन् जसमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ७९ प्रतिशत पर्छन् । हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् र एक आत्महत्याले १ सय ३५ जनालाई असर पार्ने विज्ञ बताउँछन् । आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहमा मृत्य हुने दोस्रो ठूलो कारण हो । हरेक एक आत्महत्या पछि १६ भन्दा बढी आत्महत्याका प्रयास हुन्छन् भने सोच्ने सयौं गुणा बढी हुन्छन् । विश्वभरिका हरेक मानिसले आफ्नो जीवनकालमा मानसिक तनाव, अस्वस्थताको व्यक्तिगत रूपमा अनुभव गरेका हुन्छन् भने नेपालजस्तो मुलुक, त्यसैमाथि सामाजिक मौनताले यो समस्या आधाभन्दा बढी जनसंख्यामा जरो गाडी विकराल बनिरहेको छ । आत्महत्याको प्रयास महिलाले बढी गर्ने भए पनि ज्यान गुमाउने पुरुष बढी छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारका झन्डै एक चौथाइ मानिसलाई जीवनको कुनै खण्डमा मानसिक तथा स्नायुसम्बन्धी रोगले सताउँछ । तथापि सबैलाई औषधि र चिकित्सक परामर्श चाहिँदैन र चाहिने पनि समस्या समाधान गर्न नसकी रोग वरण गर्नु नै उनीहरूको बाध्यता बन्ने गरेको छ । झन्डै ४० अर्ब कोषबाट बनेको मस्तिष्कमा लाग्ने मानसिक रोगलाई रोग र उपचार सम्बन्धमा विश्वस्त नभएकाले ब्ल्याक बक्स डिजिज पनि भनिन्छ ।

आत्महत्याबाट जोगाउन सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने राज्यको दायित्व त छ नै त्यसबाहेक समाज र घरपरिवारको महत्वपूर्ण सहयोग र भूमिका रहन्छ

नेपालमा

विगत पाँच वर्षमा आव २०७७/७८ मा ७ हजार १ सय १७, २०७६÷७७ मा ६ हजार २ सय ४९, २०७५/७६ मा ५ हजार ७ सय ५४, २०७४/७५ मा ५ हजार ३ सय १२ र २०७३/७४ मा ५ हजार १ सय २४ ले आत्महत्या गरेको तथ्यांक नेपाल प्रहरीसँग छ । सन् २०१९ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा ६.५ प्रतिशत वयष्कले आत्महत्याको सोच भएको बताएका छन् । दैनिक १६ जनाले आत्महत्या गर्ने तथ्यांक भए पनि सन् २०२० को तथ्यांकमा दैनिक १९ जना आत्महत्याबाट गुमायौ । आत्महत्याको प्रयास महिलाहरूले बढी गर्ने भए पनि आत्महत्याबाटै ज्यान गुमाउने पुरुष बढी छन् ।

कारण तथा तरिका

नेपालमा हुने आत्महत्यामा ९० प्रतिशत मानसिक रोगी भएको र ८७ प्रतिशत जनसंख्यामा आत्महत्याको सम्भावना रहने विशेषज्ञ बताउँछन् । १५ देखि ४० वर्ष उमेरका प्रायः पुरुषले गरिबी, निराशा, बेरोजगार, असफल प्रेम, बलात्कार, बालबच्चाको पालनपोषण र उपचार गर्न नसक्नु, अंशबन्डामा किचलो, जुवातास, अत्यधिक मद्यपान, वेश्यावृत्ति, यातना र मानसिक विक्षिप्त भएका कारण आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको दाबी छ ।

आत्महत्याका उपायमा विष खाएर, आगो लगाएर, झुन्डिएर, हतियारको प्रयोग गरेर, खोलानदीमा वा अग्लो स्थानबाट हाम फालेर, करेन्ट लगाएर, डुबेर आदि देखिएका छन् । आत्महत्या दर्ताको असहज प्रक्रिया, कानुनी झन्झट, परिवारमा देखिने सामाजिक दोषको भाव, यसप्रतिको गलत धार्मिक विश्वास, सामाजिक असहयोगका कारण बताइएभन्दा तीन गुणा बढी आत्महत्याका घटना हुन सक्ने सम्भावना छ ।

आत्महत्या गाउँको तुलनामा सहरमा बढी छ किनभने सहरीया जीवन व्यक्तिवादी, अन्तर्मुखी, आत्मकेन्द्रित र हामी भन्ने भावना नहुनु हो । विधवा र विदुर विवाहितका तुलनामा बढी आत्महत्या गर्दछन्, एकान्त जीवन, अन्र्तमुखी, हीनताबोधी व्यक्ति समाजबाट टाढा रहने, घुलमिल नहुनेले आत्महत्याको सहारा लिन्छन् । बढी धुम्रपान, मद्यपान र नशालु पदार्थको सेवन गर्ने समाजमा पनि आत्महत्या बढी हुन्छ । हरेक आधारभूत कारक तत्वमा सामाजिक विघटन, अस्तव्यस्तता, असाधारण सामाजिक जालो, प्रेम सदभावको अभाव र व्यक्ति र समाजबीच समन्वय र सहकार्यको अभाव, नयाँ परिस्थितिसँग हेलमेल हुन नसक्नु, नयाँ चुनौतीको सामना गर्न नसक्नु पर्छन् । आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको विषय भए पनि हाल राज्यको सामाजिक सुरक्षा नीतिसँग जोडिएको बढ्दो छ । समाजमा आत्महत्यालाई व्यक्तिगत कमजोरीका रूपमा लिइन्छ तर यो सत्य होइन । धेरैको आत्महत्या रोजाइ होइन, सामाजिक परिबन्ध हो ।

आत्महत्या रोकथाम गर्न नैतिकवान् समाजको सिर्जना गरिनुपर्छ, जसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्छ

नेपालका प्रयास

वीर अस्पतालबाट सन् १९६१ मा ओपीडिबाट सुरु भएको सेवा, तत्पश्चात् सैनिक अस्पताल, कोसी, भरतपुर, वीरगन्जमा नाम मात्रको सेवा तब सन् १९९७ अर्थात् २०५३ मा मानसिक स्वास्थ्यसम्बन्धी नीति बनेको थियो । आत्महत्या हेल्प लाइन ११६६ छ । सरकारले आब २०७८÷७९ भित्रै मानसिक स्वास्थ्य उपचारका लागि १३ वटा ठुला अस्पतालमा छुट्टै १० शैयाको वार्ड बनाउँदै छ । राष्ट्रिय मासिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ लागू गरेको छ । मानसिक स्वास्थ्यसम्बन्धी औषधी आपूर्तिका लागि हरेक प्रदेशमा ५० लाखका दरले बजेट विनियोजन छ । सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट अगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिने लक्ष्य सरकारले लिएको छ ।

विश्व स्वास्थ्य संगठनका चार रणनीति

विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथामको लिभ लाइफ एप्रोच जीवन जीउने पद्धति कार्यान्वयन गर्न बृहत् मार्गदर्शन जारी गरेको छ । जसमा चारवटा रणनीति छन् ।

पहिलो, अत्यधिक खतरनाक कीटनाशक विष र बन्दुकजस्ता आत्महत्या गर्ने साधनमा पहुँच सीमित गर्ने, दोस्रो, आत्महत्याको जिम्मेवार रिर्पाेटिङमा मिडियालाई प्रशिक्षित गर्ने, यससम्बन्धी विश्व स्वास्थ्य संगठनले तयार गरेको मार्गदर्शनको नेपाली अनुवाद छिट्टै विमोचन गरिनेछ । राष्ट्रिय आत्महत्या हेल्पलाई ११६६ राखी सचेतना जगाउन र जीवन जोगाउन सहयोगी बन्नपर्छ ।

तेस्रो, किशोकिशोरीहरू विशेषत १० देखि १९ वर्षको उमेरमा सामाजिक संवेगात्मक जीवनपयोगी सीप विकास गर्ने । किनकि, मानसिक समस्या प्राय १४ वर्षभन्दा पहिले नै देखिन्छ ।

चौथो, रणनीतिमा आत्महत्याका प्रयास गरेका छन् वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिको प्रारम्भिक पहिचान, मूल्यांकन, व्यवस्थापन र अनुगमन हो ।

त्यसो त यी रणनीति र कार्यक्रम नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० र किशोरावस्थाको स्वास्थ्य रणनीति २०१८ मा समेटिएका छन् । तथापि बहुक्षेत्रीय कार्यलाई समेट्दै अघि बढ्ने एक बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ ।

आत्महत्या रोकथाम

केही मानिसमा आत्महत्या गर्ने सोच आउन सक्छ किनभने उनीहरू आफ्नो जीवनबाट खुसी छैनन् र जीवनको खास उद्देश्य पहिल्याउन सकेका छैनन् भन्ने हो ।

मानव व्यवहारसम्बन्धी वैज्ञानिक स्यान्डा जे क्लार्कले प्रायः उदृत हुने सन् २००१ को सोधपत्रमा उल्लेखित आत्महत्याबाट व्यक्ति जीवनमा एकपटक मर्छ तर जो बाँकी रहन्छन्, तिनीहरू ती भयानक क्षणसँगै पुनः जिउने र बुझ्ने कोसिसमा हजार मृत्यु मर्छन् । प्रत्येक आत्महत्यामा औसतमा ६ वा बढी आत्महत्याबाट प्रभावितहरू हुन्छन, जो आत्महत्याबारे सोच्ने, योजना बनाउने वा आत्महत्याको प्रयास गर्ने बढ्दो जोखिममा हुन्छन् ।

अन्तमा, आत्महत्या कहिल्यै पनि समाधान बन्न सक्दैन । आत्महत्या कहिल्यै पनि समाधान नबनोस् भन्ने सुनिश्चित गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ । आत्महत्या गर्नुभन्दा अगाडि समाज र परिवारबाट आवश्यक सहयोग खोजेका हुन्छन्, आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो । प्रमुख कारक समाज नै हो । तसर्थ नैतिकवान् समाजको सिर्जना गरिनुपर्दछ जसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्नेहुन्छ । प्रेम, सदभाव, स्नेह र वात्सल्यले बाँधिएको परिवार र समाजको सिर्जना गर्न हामी उत्प्रेरित हुनुपर्छ । आत्महत्याबाट जोगाउन सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने राज्यको दायित्व त छ नै त्यसबाहेक समाज र घरपरिवारको महत्वपूर्ण सहयोग र भूमिका रहन्छ ।

(स्वास्थ्य सेवा विभागका वरिष्ठ कन्सल्टेन्ट डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ । )

 

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

झापामा थप एक कोरोना संक्रमितको मृत्यु
सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ
कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन
कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु
काठमाडौंमा ‘बोक्सी’ आरोपमा महिलामाथि कुटपिट
कोरोनाविरुद्धको खोप आजदेखि सातवटै प्रदेशमा पठाइँदै

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी