नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ
नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य निर्धारण गर्छ । यही कारणले गर्दा सबैतिर यस महाधिवेशनको सन्दर्भमा ध्यान जानु स्वभाविकै हो । वर्तमान समयमा वडा तहबाट सुरु भएको यो महायज्ञ क्षेत्र, जिल्ला, प्रदेश तहका कार्यक्रम क्रमशः सम्पन्न गर्दै यही मंसिर ९ देखि १३ सम्म केन्द्रीय स्तरमा सम्पन्न हुने कार्यतालिका प्रकाशित भई विभिन्न तहमा प्रतिनिधि चयन गर्ने कार्य भइराखेको छ । ठूलो उत्साहका साथ सहभागी हँुदै गरेका कार्यकर्ता र स्वतन्त्रताप्रेमी लोकतन्त्रवादीहरूका बीच धेरै प्रकारका कौतुहल उजागर भइराखेका छन् । धार्मिक, आर्थिक, राजनीतिक र सामाजिकजस्ता चार स्वतन्त्रताका साथै राष्ट्रियता, समाजवाद, प्रजातन्त्र र धार्मिक सहिष्णुताजस्ता चार आस्थाका आधारमा अघिबढेको नेपाली कांग्रेसको राजनीतिले यी लक्ष्य एवं गन्तव्य चुम्न सकून् भन्ने सदिच्छा राख्ने प्रजातन्त्रवादी र इमानदार राजनीतिक कार्यकर्ताहरूको अन्तरआत्मादेखिको चाहनालाई यसले पूरा गर्न सक्नेगरी अघि बढ्न पार्टी सक्षम हुनुपर्ने अवस्था छ । यस अर्थमा यस महाधिवेशनको महत्व अत्यन्त ज्यादा छ र यसलाई देश विदेश सबैतिरबाट उत्साहका साथ प्रतीक्षा गरिराखेका छन् । नेपाली कांग्रेसका इमानदार कार्यकर्ताबीच यस दल र प्रजातन्त्रको भविष्य’boutमा चिन्तन गर्दै केही विषयमा विश्लेषन हुन थालेको छ । आलेख यही विषयमा केन्द्रित छ ।

नेतृत्वको चयन
नेतृत्व चयनका विषयमा मतदाता द्विविधामा छन् । अहिलेसम्म बजारमा प्रचारमा आएका नामहरूमध्ये कसलाई चयन गर्ने हो ? भन्ने सन्दर्भ कठिन भएको छ किनकि बजारमा प्रतिस्पर्धीहरू धेरै छन् । यो प्रतिस्पर्धा कुनै सिद्धान्त, आदर्श, विचारमा निहित रहेर भएको अवस्था छैन, व्यक्तिगत प्रतिस्पर्धा मात्र देखिएको छ । सरकारमा रहँदा र दलकै नेतृत्व तहमा रहँदा अधिकांश प्रत्यासीहरूको परीक्षण भइसकेकाले पनि मतदाता धेरै उत्साही बन्न सकेको स्थिति छैन । बीपीलाई भजाएर उनकै निष्ठा र आदर्शबाट भिन्न रही दल र सरकारमा रहेर आफ्ना अभिष्ट मात्र पूरा गर्नेहरूलाई नेतृत्वमा पु¥याएर देशको लोकतान्त्रिक आन्दोलनको गन्तव्य कस्तो हुने हो ? असहज अवस्था छ । नेतृत्वमा पुग्न अग्रसर भएका प्रायः आफ्ना पूर्वजहरूको नामबाट नेतृत्वमा स्थापित हुन खोजिराखेको देखिँदै छ यद्यपि लोकतान्त्रिक आन्दोलनमा वहाहरूको उल्लेखनीय योगदान रहेकोे छ । दोस्रो हो, प्रायः सबै समूह र उपसमूह बनाई राजनीति गरिराखेका छन्, संस्थापन र इतर पक्षका बीच जिम्मेवारीका पदहरूको भागबन्डामा सबै शीषर्थहरू अभ्यस्त भएका छन् र यसलाई स्वाभाविक मान्छन् । वर्तमान प्रधानमन्त्री देउवाजीसँग प्रतिस्पर्धा गर्न संस्थापन इत्तर पक्षकाले एकल उम्मेदवार दिने उद्घोष गरेको छ तर सम्भावितमध्ये उनीहरूको साझा उम्मेदवार को हो ? प्रस्ट गर्न सकेको छैन । नेपाली कांग्रेस भएर मात्र प्रतिस्पर्धा गर्न कोही तयार छैनन् । यो प्रवृत्तिको विकास हँुदै गर्दा दलभित्र विग्रहको स्थिति आउन सक्छ । नेपाली कांग्रेस दलको इतिहास अध्ययन गर्दा दुईपटक दलभित्र विभाजन आइसकेको छ । अन्य दलहरूको प्रवृत्ति हेरेर पनि पाठ सिक्नुपर्छ । गुटका आधारमा मात्र राजनीति अघि बढाउने हो भने लोकतान्त्रिक संस्कारमा प्रश्न चिह्न खडा हुन सक्छ र लोकतान्त्रिक अभ्यासबाट चुनिएकाहरूको नेतृत्वलाई अस्वीकार गर्ने अवस्था आउन सक्छ । लोकतान्त्रिक दलका लागि यो अत्यन्त आपत्तिजनक विषय हुनेछ । दलभित्र कार्यकर्ता होइन अनुयायीहरूको झुन्ड तयार पारिँदै छ परिणाम हो यी मतदाताहरुमा आफ्ना नेतृत्व वर्गका र नेतृत्व लिन अग्रसर भएकाहरूलाई सकारात्मक दबाब दिन सक्ने क्षमता र उत्साह देखिएन । नेतृत्व लिन अग्रसर भएकाहरूमा गणितीय हिसाबकिताब मात्र ज्यादा देखिएको छ । प्रथम चरणमा विजयी हुन नसके दोस्रो चरणमा समूहगत ध्रुवीकरण गराई आफ्नो पक्षमा आकर्षित गर्ने रणनीति प्रायः सबैमा देखिन्छ, यो व्यक्तिवादी सोच मात्र हो । यस अवस्थामा अभ्यस्त नेतृत्वले नेपाली कांग्रेसले निर्धारण गरेको प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको गन्तव्य प्राप्त गर्न सक्दैन ।

युवाहरूको सहभागिता
यस दलभित्र युवामा उत्साह जोस र जागरको वृद्धि भइराखेको छ । १३आंै महाधिवेशनमा साढे ४ लाखले क्रियाशील सदस्यता लिएकोमा यसपटक यो संख्या ९ लाख पुग्ने अनुमान गरिँदै छ । गत महाधिवेशनको भन्दा दोब्बर संख्यामा क्रियाशील सदस्य हुने स्थिति छ, समग्रमा करिब ४० प्रतिशत सहभागिता युवाहरूको हुने अवस्था छ । नेपालको जनसंख्याभित्र करिब ४५ प्रतिशत युवा छन् । जनसंख्याको अनुपातमा नै दलभित्र युवाको प्रतिनिधित्व देखिएको छ । ज्येष्ठ नागरिकको संख्या २० प्रतिशतबाट बढ्ने अवस्था छैन । परिवर्तनका वाहक सबैतिर युवा नै देखिन्छन् । उत्पादन, उत्पादकत्व र प्रगतिका द्योतक भनेकै युवा हुन् । यति ठूलो संख्यामा क्रियाशील सदस्य हुनुभनेको केन्द्रीय महाधिवेशनमा समेत युवाहरूको मत निर्णायक हुनु हो । युवाहरूले आफ्नो क्षमता प्रदर्शन गर्न सक्दा शीर्षस्थ नेताहरूको अनुभव र त्यागलाई सम्मान गर्दै उनीहरूबाट प्राप्त हुने उपयुक्त मार्गदर्शनलाई आत्मसात् गर्दै दलको नेतृत्व युवाहरूमा आउन सक्ने सम्भावना देखिनु हो ।

नेपाली कांग्रेसको इतिहास हेर्दा लामो समयसम्म युवाहरूले नै नेतृत्व सम्हालेको मात्र नभई दलको विश्वसनीयतासमेत जनस्तरमा स्थापित गर्न सफल भएको देखिन्छ

नेपाली कांग्रेसको इतिहास हेर्दा लामो समयसम्म युवाहरूले नै नेतृत्व सम्हालेको मात्र नभई दलको विश्वसनीयता समेत जनस्तरमा स्थापित गर्न सफल भएका छन् । उदाहरणका लागि २०४६ साल पहिलाको नेतृत्वको अध्ययन गरौं । बीपी र मातृकाले क्रमशः ४० र ३७ वर्षकै उमेरमा दलको नेतृत्व लिएका थिए । सुवर्णजी र गणेशमानजीले पनि नेतृत्वको दाबी युवाअवस्था मै गर्नुभएको थियो । किसुनजी २७ वर्षकै उमेरमा सभामुख बन्नुभएको थियो । २०४६ सालपश्चात् पनि पौडेलजी ६० वर्षभन्दा कम उमेरमै सभामुख बन्नुभएको हो । यस अवधिमा प्रायः अन्य अवधिको तुलना गर्दा राम्रै काम भएका थिए । त्यसैले नेपाली कांग्रेसभित्र युवाहरूको नेतृत्वको आवश्यकता देखिएको छ ।

आस्था, सिद्धान्त र विचारका आधारमा दलको नेतृत्व
नेपाली कांग्रेस समाजवाद, प्रजातन्त्र र राष्ट्रियताको पक्षमा रहने मार्गबाट सिद्धान्तः बिमुख भएको छैन । अभिव्यक्तिमा बीपीका विचार र मान्यतालाई आत्मसात् गर्दै आएको छ तर व्यवहारमा यस दिशामा निखार आउन सकेको छैन । दलमा आस्था, सिद्धान्त र विचारमा निखार आउन जरुरी छ । लोकतन्त्रको अभ्यासका सम्बन्धमा समेत कमजोरी देखिएका छन् । संविधान निर्माणकै विषयमा विश्लेषण नगर्दा वर्तमान संविधानले ल्याएका महत्वपूर्ण उपलब्धि संघीयता, धर्म निरपेक्षता र गणतन्त्र नेपाली कांग्रेसको एजेन्डा हो वा होइन ? यदि हो भने प्रजातन्त्रको संरक्षकका रूपमा लामो समयदेखि कुर्वानी गर्दै आएको यस दलले यसको परीक्षण जनताबाट गराउन सक्नुपथ्र्याे । बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई समयसापेक्ष नभएको उद्घोष गर्न सक्नुपथ्र्याे । राजसंस्था देशका लागि अनुत्पादक रहेको निष्कर्षका साथ जनतासामु उपस्थिति दिन सक्नुपथ्र्याे । संविधान निर्माणको सम्बन्धमा आफ्ना एजेन्डा पारदर्शी बनाउनु उपयुक्त हुने थियो, सबै राष्ट्रिय दलबीच सर्वसम्मतिका आधारमा निर्णय लिइने नीति अवलम्बन गरी समझदारीका आधारमा संविधान निर्माण गर्नु हुने थिएन । द्वन्द्वरतपक्ष र संसद्वादी कम्युनिस्टहरूको एजेन्डामा नेपाली कांग्रेसजस्तो ऐतिहासिक दल समाहित हुनु इमानदार र समर्पित कार्यकर्ताका लागि ठूलो चोट पुग्नु हो । यस्ता संगीन विषयमा यस दलले प्रत्यक्ष प्रजातान्त्रिक अभ्यास गराउन सबै दलहरूलाई मतैक्यता गराउनु जरुरी थियो । यसबाट नेका चुकेर अप्ठेरो अवस्थामा संविधान जारी गरेको हो ।

समाजवादको सिद्धान्तलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्नु जरुरी थियो । उत्पादनमा वृद्धि गरेर मात्र प्रजातान्त्रिक समाजवादमा पुग्न सकिने नेकाको घोषित नीति हो । साम्यवादीहरूको जस्तो समानतावादी सिद्धान्तको कार्यन्वयनमा गैरलोकतान्त्रिक क्रियाकलाप र शैलीको अवलम्बन गर्न नेकाले सक्दैन, यसका लागि नीतिहरूले किसान र मजदुर तथा निरपेक्ष गरिबीको रेखामुनि रहेका वर्गका लागि सम्बोधन गर्नु जरुरी छ । रोजगारीको व्यवस्था, आधुनिक प्रविधिको अवलम्बन, विकेन्द्रित शासन प्रणालीको कार्यन्वयन, प्रगतिशील करका साथै प्रगतिशील दण्डको व्यवस्था, आत्मनिर्भर अर्थव्यवस्था, सामाजिक सुरक्षाको प्रत्याभूति, कमजोर र पछि परेकाहरूलाई राष्ट्रले संरक्षकत्व प्रदान गरी समान बनाउने पवित्र उद्देश्यका आधारमा शासन सञ्चालन गर्नु नै समाजवादउन्मुख हुनु हो । यसमा व्यवहारमा निखार आउने गरी प्रस्तुत हुनु जरुरी छ । हालसम्मको अवस्थालाई दृष्टिगत गर्दा नेताहरूमा विचार र सिद्धान्तकै हिसाबमा द्विविधा देखिन्छ ।

नीति, कार्यक्रम, इमानदारिता, सच्चरित्रताका आधारमा जनताको विश्वास आर्जन गर्न नेपाली कांग्रेस लागिपर्नुपर्छ

नेकाको यस महाधिवेशनले आगामी निर्वाचनका लागि मतदाताहरूलाई यस दलको एजेन्डामा समाहित गर्न सक्ने गरी निर्णय लिनु जरुरी हुन्छ । हालसम्मका सरकारले राम्रो प्रभाव विविध कारणहरूले गर्दा जनमानसमा पार्न सकेको छैन । नेपाली कांग्रेसको आधारक्षेत्र तराई हो, क्षेत्रीय दलका रूपमा यस क्षेत्रका धेरैवटा दलहरू देखिँदा यसको आधारशीला कमजोर भएको छ । कम्युनिस्ट कमजोर हुँदा नेका बलियो हुने आधारमा राजनीति परिचालित छ । जनताको मन मस्तिस्कमा राज गरेको यस दलले आफ्नै एकल प्रयासमा साम्यवादी शक्तिलाई परास्त गर्न सक्नुपर्छ । साम्यवादीहरूसँग मिलिजुली सरकारमा जाने र निर्वाचनमा यिनै विपरीत धारका दलहरूसँग चुनावी गठबन्धन गर्दै अघि बढ्नु भनेको नेका कमजोर हुनु हो । यसको समीक्षा महाधिवेशनले गर्नुपर्छ । बीपीले साम्यवादीसँग कहिले पनि गठबन्धन गर्नुभएन । गैरलोकतान्त्रिक शक्तिसँग लोकतान्त्रिक शक्तिले गठबन्धन गर्ने होइन प्रतिस्पर्धा गर्नेमा बीपी विश्वस्त हुनुहुन्थ्यो । नीति, कार्यक्रम, इमानदारिता, सच्चरित्रताका आधारमा जनताको विश्वास आर्जन गर्न नेका लागि पर्नुपर्छ । आफ्ना नजिकका नाता, इष्टमित्रलाई चयन गर्दै जिम्मेवारी प्रदान गर्दा सिद्धान्तनिष्ठ नेता तथा कार्यकर्ता सधंै पछि पर्छन् । यसमा लोकतान्त्रिक दल अन्य दलहरूभन्दा विशेष गम्भीर हुनु जरुरी छ ।

देश भ्रष्टाचारबाट आक्रान्त छ, स्वार्थसँग गठजोड भएका अथवा स्वार्थको संघर्ष देखिनेगरी कार्य गर्न, नीति निर्माण गर्न र निर्णय लिन नेपालको राजनीतिले अभ्यस्तता प्राप्त गरिराखेको छ । ठूला भ्रष्टाचारीहरूलाई कुनै आग्रह र पूर्वाग्रहबिना कडा कारबाही गर्नेगरी नियन्त्रक निकायलाई कानुनी अधिकार प्रदान गरी सहज बनाई उत्साहित गर्नुपर्दछ । यसमा डेनमार्क, नर्वे, स्विडेन आदिका असल अभ्यासहरू हाम्रो सन्दर्भमा कार्यन्वयन गर्नु जरुरी छ । यस अवस्थामा मात्र भ्रष्टाचारमा कमी आउन सक्छ । हालको अवस्थालाई यथावत् निरन्तरता प्रदान गर्दा देशमा भ्रष्टाचार अझै व्याप्त हुनेछ । भ्रष्टाचार नियन्त्रक अभावमा सुशासनको दिशामा प्रगति गर्न सकिँदैन, यसमा बृहत् छलफल गरी दलको स्पस्ट धारणा अवको नेतृत्वले दिन सक्नुपर्दछ । राष्ट्रिय ढुकुटीको दुरुपयोगलाई नेपाली जनताले अत्यन्त आपत्तिजनक हिसाबले लिएका छन् । नवधनाढ्य विशिष्टहरूले उपचार खर्चलगायत विविध प्रयोजनमा सरकारी ढुकुटीबाट सहायता लिने र दिनेकार्य शीघ्र रोकिनुपर्छ । जनताले सबैको सत्तामा पुग्नुपूर्व र हालको अवस्थामा समेत आर्थिक अवस्थाको अभिलेख आफ्नो मन मस्तिस्कमा राम्ररी राखेका छन् । यी सबै पक्षहरूको प्रभावका आधारमा निर्वाचनमा देशका सचेत नागरिकहरूले आफ्नो निर्णय लिने गर्छन् । यसलाई गौण आँकलन गर्न मिल्दैन ।

वैचारिक चिन्तनकै ’boutमा विश्लेषण गरिरहँदा देशले अवलम्बन गरिआएको संघीयता र धर्म निरपेक्षता’bout दलका नेताबीच मतैक्यता र प्रस्ट धारणा देखिँदैन । यसका लागि दलले स्पस्ट एजेन्डा तयार गरी नेपाली जनतालाई सुसूचित गराई तत्पश्चात् यस्ता राष्ट्रिय महत्वका मुद्दामा समान अभिव्यक्ति दिने मतैक्यता दलभित्र हुनु जरुरी छ ।

उल्लेखित परिवेशमा नेतृत्वका दाबेदारहरूलाई आफ्नो धारणा प्रष्ट गर्न लगाई मुद्दाका आधारमा आगामी नेतृत्व चयन गर्ने स्पष्ट सोच सबै कार्यकर्ताहरूमा हुनुपर्छ । यसका लागि शीघ्र सबैै नेताहरूलाई एकै स्थानमा राखी लोकतान्त्रिक दलको आगामी रणनीति, एजेन्डा र दुरदृष्टि’boutमा मतैक्यता गराई यी एजेन्डासहित दललाई अग्रगामी दिशातर्फ उन्मुख गराउन प्रतिबद्ध नेतालाई आगामी अवधिका लागि महाधिवेशनबाट निर्वाचित गरी पठाउनु उपयुक्त हुन्छ । यसका लागि दलका युवाहरूले दबाबसमेत दिई यो वातावरण तयार पार्दा मात्र यस दलको र देशको प्रजातन्त्रको भविष्य सुनिश्चित छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…