एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

 

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् ।

सत्तारुढ दलले दिएको सुझाव बिपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।

‘सत्तारुढदलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नु भएको छैन्,’ नेम्वाङले भने, ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’

उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति एमाले आक्रोसित हँदै आएको छ।

सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्तको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त राख्दै संसद अवरोध गरिरहेको छ ।

सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेको बेलामा विनियोजन विधेयकलाई नारावाजीको बीचमा नै अघि बढाइएको थियो । जसको सशक्त विरोध आज पनि जारी रहने नेम्वाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

मधेश केन्द्रित दुई दलबिच एकता, चुनाब चिन्ह छाता
अक्सिजनलाई अत्यावश्यक प्राथमिकतामा राख
नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित
नेपालमा अझै पाँच दिन भारी वर्षात हुने
प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलिय बैठक एमालेले बहिस्कार गर्ने
बर्दियामा एकै दिन ९ जना कोरोना संक्रमित थपिए

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी