यस्ताे छ घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

 

काठमाडौं । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् ।

३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले अर्को प्रस्ताव पेस गर्दैछन् ।

महाधिवेशनका लागि तय गरिएको पार्टीको कार्यक्रम संगठनात्मक प्रस्तावमा उनले समृद्धि र समाजवादको बाटो शीर्षका बेग्लै मत राखेका हुन् । प्रस्तावमा उनले जनताको बहुदलीय जनवादमाथि छलफल हुन छाडेको भन्दै यसमा घनीभूत छलफलको माग गरेका छन् ।

उनले प्रस्तावमा माओवादी केन्द्रसँगको एकताका बेला दुई अध्यक्षबीच भएका गोप्य सहमति र आलोपालो अध्यक्ष बन्ने व्यवस्थाप्रति आलोचना गर्दै यही कारण एकता नटिकेको पनि उल्लेख गरेका छन् । उनले अब पार्टीको कार्यदिशा र संगठन’bout व्यापक छलफल हुनुपर्नेसमेत प्रस्ताव गरेका छन् ।

‘पार्टीको कार्यदिशा र संगठन’bout, खासगरी तिनको संगति’bout छलफल गरौं । त्यसपछि नवौँ महाधिवेशन, एकता प्रक्रिया र पार्टी विभाजनसम्मका घटना’bout छलफल गरौँ,’ प्रस्तावमा भूसालले भनेका छन्, ‘त्यसले हामीलाई राजनीतिक प्रतिवेदन पूर्ण बनाउन, त्यसका आधारमा संगठनात्मक प्रस्ताव तयार गर्न र तिनमा उल्लेखित राजनीतिक र सांगठानिक जिम्मेवारी पूरा गर्नसक्ने संगठनलाई व्यवस्थित गर्न सक्ने विधान बनाउन बाटो देखाउने छ ।’

उनले आसन्न विधान महाधिवेशनको महत्वलाई ध्यान दिँदै नेपाली समाजवादी क्रान्ति र त्यससँग सम्बन्धित कार्यदिशा, कार्यक्रम, नवौँ महाधिवेशनपछि पार्टी कामको मूल्यांकनलगायतका विषयमा बेग्लै प्रस्ताव बैठमा पेस गर्ने बताएका छन् । यो प्रस्ताव जारी स्थायी कमिटी बैठकमा पेस गर्ने भूसालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ