नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो ।

उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बन्यो । नेपालले यसभन्दा तीनपटक एसियन कप खेलिसकेको छ । चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ ।

यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिनुका बाबजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २–१ को हार बेहोर्न पुगेको थियो । हङकङसँगको बराबरीसँगै समूह एफमा नेपालले २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो । दोस्रो स्थानको हङकङको भने छनोट हुने सम्भावना कायम रहेको छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । हङकङले १ खेलमा १ अंक जोडेको छ । शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टोली दुुई सातादेखि कतारमा रहेका छन् । कतारमा विशेष प्रशिक्षमा जानुअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा एक बराबरी र एक हारको नतिजा निकालेको थियो । ओमानसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स प्रस्थान गर्ने छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने छ । नेपालले साविकको विजेता रहेको आयोजक माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने छ । खेल माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्ने छ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्ने छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

भ्रष्टाचारीलाई जेल बस्ने समय बढाउन प्रस्ताव
‘हात मिलाउने हैन, नमस्कार गरौँ नमस्कार’
‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’
प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
हल नखुलेपछि अमिताभको फिल्म डिजिटलमै रिलिज
कोरोनाको त्रास : अनावश्यक हल्लाका कारण खाद्यबस्तु र ईन्धन स्टक गर्ने होडबाजी

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी