प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

 

इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सञ्जीव साह रहेका छन् ।

प्रहरीका अनुसार गत भदौ २६ गते रामधुनी नगरपालिका ५ बाट चेकजाँचको क्रममा को १ ज ८८५० नम्बरको म्याजिक गाडीमा बिलबिजक नभएको ५० केजीका दरले १६ बोह्रा चिनी (८ सय केजी) सहित विक्रम साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका चालकसहित गाडी र चिनी आवश्यक कारबाहीको लगि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेज पठाइएको थियो ।

प्रहरीका अनुसार भन्सार कार्यालयमा विक्रमले ९९ हजार रुपैँया धरौटी र बिगो राखेर भन्सारबाट छुटेका थिए । तर, सञ्जीव साहले भने प्रहरी र भन्सार कार्यालयमा सेटिङमा छुटाइ दिन्छु भन्दै गाडी धनी विक्रमसँग तीन लाख ९५ हजार र धरौटी बापतको ९९ हजार लिएको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सो रकममध्ये ८७ हजार पाँच सय रुपैँया विक्रमलाई फिर्ता गरेको र बाँकी एक लाख ६० हजार रुपैँया छुटाउन खर्च भएको भन्दै ठगी गरेका थिए ।

‘प्रहरी र भन्सारमा खर्च गरेको बाँकी रकम खाजा खर्च भएको भनेर गाडी धनीलाई ठगी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसुरमा मुद्दा चलाइएको छ,’ सुनसरी प्रहरीद्दारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
खुमलटार बैठकको निष्कर्ष : ओलीसँगै मिलेर अगाडि बढौं
सिलवाल दोस्रोपटक राखेप सदस्यसचिव नियुक्त
शिक्षकहरुको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न
७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णयको प्रदेश २ मा बिरोध

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी