अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलसँग मन्त्री बन्नेहरूको नामावली मागिरहेका बेला जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय हुनुपर्ने सर्त प्रधानमन्त्रीसहित पाँचदलीय गठबन्धनभित्र राखेको जसपा स्रोतले जनाएको छ ।

‘हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुदैनौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धीको अध्यादेश पहिला निष्क्रिय हुनुप¥यो, त्यसपछि सरकारमा सहभागी हुन्छौं’ जसपा स्रोतले भन्यो, ‘यस विषयमा हामीले प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनभित्र स्पष्ट रूपमा भनिसकेका छौं ।’

जसपा अध्यक्ष यादवसहितका शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममा समेत अध्यादेश फिर्ता हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
आज पुरस्कृत हुने ४० निजामती कर्मचारी यी हुन् (सूचीसहित)
भ्रमण वर्षका नाममा ८५ करोड सिध्याइयो
काठमाडौँ उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण
चार्टर्ड र उद्धार उडान सञ्चालन हुने
प्रदेश दुईमा थप ६३ मा कोरोना संक्रमण

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी