मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ । चेतनाको विकास गर्छ । मानिसमा तर्क शक्ति छ र उसले कार्य र कारणमा सम्बन्ध खोज्ने गर्छ । आर्जित एवं सञ्चित ज्ञान मानिसको सबैभन्दा ठूूलो शक्ति हो । यो शक्तिलाई उसले कहिले सदुपयोग गर्छ त कहिले दुरुपयोग । मानिस सामाजिक प्राणी भएकाले व्यावहारिक जीवनमा घर, परिवार, नाता, गोता, इष्ट, मित्र, छिमेकी एवं अन्य व्यक्ति एवं व्यक्तित्वहरूसँग छलफल, बहस, अन्तत्र्रिmया, तर्क वितर्क आदि इत्यादि हुने गर्छ ।

यी फरक विचारहरू विनिमय गर्ने क्रममा वातावरण सधैं सौहार्दपूर्ण नहुन पनि सक्छ । हातका आंैलाहरू फरक भएजस्तै हरेक मानिसको स्वभाव, विचार वा चिन्तन पनि फरकफरक हुन्छ । त्यसैले, मानिसमा सहनशीलताको खाँचो हुन्छ । दूरदृष्टिको आवश्यकता हुन्छ । विचार आदानप्रदानका क्रममा कहिलेकाहीँ आफ्नो स्वाभिमानमा चोट पुगेकोे अनुभूति गर्न पुगियो भने मन भेदको सुरुवात हुने गर्छ । मनभेदका कारण जोसमा होस् नपुग्दा अनेक प्रकारका अपराधजन्य घटना घट्ने गर्छन् ।

मानिसमा सिर्जनात्मक शक्ति छ । ढुंगे युगदेखि आजमम्म आइपुग्दा आज मानिसकोे सामथ्र्य निकै विशाल भएको छ । उसले आफ्नो ज्ञान र श्रमद्वारा प्राकृतिक संशाधन र स्रोतलाई आफ्नो अनुकूल बनाउँदै आएको छ । फलफूल र अन्य खाद्य सामग्री उत्पादन गरेको छ । आत्मरक्षा र अन्य निर्माण कार्यका लागि उसले अस्त्र शस्त्र बनाएको छ । रोगबाट बच्न मानिसले औषधिमूलोको आविष्कार गरेको छ । भौतिक सुविधाको विकास गरेको छ ।

विज्ञान र प्रविधिको विकास गरेर आज संसारलाई एउटै गाउँजस्तो बनाएको छ । परन्तु, मानिसले जति भौतिक विकास गर्दै आयो त्यति नै मानिस बेचैन छ । समाज असुरक्षित छ । आजको समाजमा हिंसा, हत्या, वैमनस्य, रिसइबी, बेमेल बढ्दै गएको पाइन्छ । विकाससँगसँगै अन्तरदेशीय सम्बन्धमा पनि मनभेद बढ्दै गएको पाइन्छ । मानिस विवेकशील प्राणी भएर पनि आपसी मेलमिलाप, सद्भाव र सहनशीलताजस्ता मानवीय गुणहरू व्यवहारमा लागू हुन नसक्दा हत्या, हिंसा, विभेदलगायतका सामाजिक समस्या व्याप्त छन् ।

मानिस विवेकशील प्राणी भएर पनि आपसी मेलमिलाप, सद्भाव र सहनशीलताजस्ता मानवीय गुण व्यवहारमा लागू हुन नसक्दा हत्या, हिंसा, विभेदलगायतका सामाजिक समस्या व्याप्त छन्

मानिसजस्तै संसारका हरेक जीवजन्तुहरू पनि प्रकृतिमा नै पूर्णरूपमा आश्रित छन् । प्रकृतिमा जेजस्ता स्थल वा गुफा छन्, तिनीहरू त्यहीँ बस्छन् । फलफूल र जीवजन्तुको सिकारबाट आहार प्राप्त गर्छन् । अन्य बाह्य साधनको प्रयोग नगरी आफ्नै शरीरका अंगबाट आत्मरक्षा गर्छन् । कतिपय हिंस्रक छन् भने कतिपय अहिंस्रक । तर, मानिसमा जति मतभेद अन्य मानवेतर जीवजन्तुमा पाइँदैन । आज समाजमा अनेक प्रकारका घटना एवं परिघटना घटिरहेका छन् । सामाजिक अपराध बढिरहेका छन् ।

भरखरै संखुवासभामा मनभेदकै कारण आफन्तजनबाट एउटै परिवारका ६ वटा सदस्यहरूको हत्या भएको पुष्टि भयो । यसैगरी, कहिले श्रीमान्ले श्रीमतीको हत्या गरेको त कहिले श्रीमतीले श्रीमान्को हत्यालगायतका घरेलु हिंसाका घटना आइरहेका हुन्छन् । मनभेदकै कारण दाम्पत्य जीवनमा सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । पारिवारिक कहल, असझदारी वा झंैझगडा सामान्यजस्तो भएको छ ।

अहिले नेपाली समाज लोकतन्त्रको खुला अभ्यासमा अगाडि बढिरहेको छ । मानिस स्वतन्त्रताको सम्मान गर्ने लोकतान्त्रिक व्यवस्थामा अधिकारका विषय बढी मुखरित भइरहेको अवस्था छ । समाजले अधिकारका विषय उठाइरहेको छ । नागरिक समाज, मानव अधिकारवादीलगायत सामाजिक संघसस्थाले पनि अधिकारका बारेमा आवाज उठाइरहेका छन् । वास्तवमा हाम्रो देशमा अधिकारका चर्का कुरा हुने तर नागरिक कर्तव्यको विषयमा छलफल भएको पाइँदैन । गोष्ठी, सेमिनारहरू भएको पाइँदैन । हरेक नागरिकले आआप्mनो कर्तव्य इमानदारीका साथ निर्वाह गर्ने हो भने मदभेद नै रहने थिएन । राजनीति, संघसंस्था, समाज एवं घरपरिवारका हरेकले आ–आप्mनो कर्तव्य निभाउने हो भने हरेक बेमलहरू न्यूनीकरण हुँदै जानेमा शंका छैन । तर, यसो हुन सकेको छैन ।

हाम्रो देशका राजनीतिक दलहरूले मनभेद उत्पन्न गर्ने भाइरसका रूपमा व्यवहार देखाउने गरेका छन् । राजनीतिक दलहरूको कार्यशैली सरकारमा हुँदा एउटा भूमिकार प्रतिपक्षमा हँुदा अर्कै भूमिका खेलिरहेका छन् । सरकारमा हालीमुहाली गर्दा ठीक देख्ने र प्रतिपक्षमा गएपछि त्यही विषयलाई बेठीक देख्ने छेपारे व्यवहारले मुलुक तहसनहस भएको छ । सैद्धान्तिक आधारमा नभएर मनभेदको कारणले एउटै दलभित्रगुट, उपगुट र फुट भइरहेको छ । दलहरूको सत्ता शक्तिको मात र गैरजिम्मेवार हर्कतका कारण नेपाली राजनीति अत्यन्त गैरजिम्मेवार भएको छ । आपसी मनभेद, बदलाको भावना, सामाजिक सञ्जालमा बोल्ने दुर्वचन, अमर्यादित भाषाशैलीका कारण मनभेदको दायरा बढ्दै गइरहेको अनुभूति हुन्छ । देउवा सरकार बनेको लामो समयसम्म मन्त्रिपरिषद्सम्म गठन हुन नसक्नुको पछाडि पनि गठबन्धन दलहरूको मनभेदले काम गरेको छ । तिनका स्वार्थले काम गरेको छ । योभन्दा लोकलाज के हुन सक्दछ ? योभन्दा बढी देश र जनताप्रति गरिएको बेइमानी के हुन सक्छ ?

लोकतन्त्रमा मानिसले वैचारिक स्वतन्त्रताको उपयोग गर्ने गर्छ । कोही प्रजातन्त्रवादी छन् । कोही राजतन्त्रवादी छन् । कोही आपूmलाई कम्युनिस्ट भन्न रुचाउनेहरू छन् । कोही फरक विचारका अनुयायीहरू । राजनीतिक आस्थाका आधारमा एउटै परिवारभित्र पनि विभिन्न विचार र आस्थाका सदस्यहरू हुन सक्छन् । लोकतन्त्रमा यो वैयक्तिक स्वतन्त्रताको सुन्दर पक्ष हो । हाम्रो देशको सन्दर्भमा परिवार वा समाजमा राजनीतिक वा सैद्घान्तिक मतभेदका कारण परिवार वा समाजमा अप्रिय घटना बिरलै हुने गर्छन्, जति आन्तरिक रूपमा उत्पन्न सानातिना मनभेदका कारणले हुने गरेका छन् । यसरी हेर्दा मतभेदभन्दा मनभेद अत्यन्त जोखिम देखिन्छ ।

विचार आदानप्रदानका क्रममा कहिलेकाहीँ आफ्नो स्वाभिमानमा चोट पुगेकोे अनुभूति गर्न पुगियो भने मनभेदको सुरुवात हुने गर्छ

मनभेदको सिर्जना शंका, लोभ, लालच, आवेग, रिसइबी एवं स्वार्थसँग जोडिएको हुन्छ । हाम्रा देशका राजनीतिक दल उल्लेखित स्वभावले ठूलो काम गरेको देखिन्छ । अहिले हरेक राजनीतिक दलभित्र मनभेद छ । एकले अर्कोको अस्तित्व मान्न नसक्ने मनभेदको संस्कृति हुर्किएको छ । फलतः एमाले र जसपाको पार्टी विभाजन पछिल्लो दृष्टान्त हो । हरेक व्यक्ति ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ, मै बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू’ भन्ने चिन्तनबाट ग्रस्त हुँदा मनभेद बढेको हो । राजनीतिक क्षेत्र, संघसंस्थाहरूमा यसले काम गरिरहेको छ । मानिसले व्यक्तिगत स्वार्थ, पद र पैसाले मतभेदमा काम गरेको हुन्छ । रिस र अहंकार मतभेदको मेरुदण्ड हो । ‘रिसले आपूm खा, बुद्घिले अरू खा’ भन्ने लोकोक्ति त्यसै कहाँ प्रचलनमा आएको हो र ? मनभेदका कारण आजको समाज न त गान्धीजस्तो परोपकारी बन्न सकेको छ । न त बुद्ध जस्तो त्यागी र शान्ति प्रेमी ।

इतिहासमा पनि मनभेदका कारण अनेक घटना घटेको पाइन्छ । कौरव र पाण्डवको मनभेदका कारण महाभारतको युद्घ भयो । रामचन्द्रले १४ वर्ष वनवास जानुको पछाडि पनि राजा दशरथका श्रीमतीहरूको मनभेदले काम गरेको देखिन्छ । यसैगरी राम र रावणको बीचमा भएको युद्घमा रावणका आप्mनै भाइ विभीषणले रामको पक्ष लिएका हुनाले दाजुभाइबीच मनभेद भयो । फलतः विभीषणले आप्mना दाजुलाई छाडे । रामचन्द्रको पक्ष लिए । मनभेदबाट सिर्जित घटना अप्रिय हुन्छन् । ‘सत्य मेव जायते’ भनिन्छ । तर, सत्य तितो हुन्छ । सत्यको पछाडि लाग्नेहरूको संख्या दिनप्रतिदिन अत्यन्त कम हुँदै गएको अवस्था देखिन्छ । समाजमा पद र पैसाको आडमा आपूmलाई महान् ठान्नेहरूको संख्या बढ्दै छ । पाका उमेरका अग्रज भन्छन्, बैंस, सत्ता, शक्ति र संगतले मानिस अन्धो हुन सक्छ । यसो हुनुहुँदैन ।

अन्त्यमा, धन सम्पत्ति, बैंस, पद, पैसा, सत्ता सबै क्षणिक हुन् । हरेकले शान्ति, प्रेम, त्याग, सेवा, सदाचार, स्नेह, सहिष्णुता, सालिनता र सहयोगी भावनाको विकास गरांै । समयसँगै हराएर जान्छन् । टिक्दैनन् । त्यसैले असल आचरणको विकास गरौं । मनभेदले कसैलाई फाइदा गर्दैन भन्ने कुरा बुझौं । तनावमुक्त जीवनयापन गरांै । क्षमाशील बनौं । उपकारी बनौं । अरूको अस्तित्वलाई स्वीकार गर्ने भावनाको विकास गरौं । मानिस विशिष्ट प्राणी हुनुको लक्षण व्यवहारले पुष्टि गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

नेपालका पश्चिम क्षेत्रमा बढी वर्षा, २४ घण्टामा ११ जनाको मृत्यु
औषधी नखाइ १९ वर्षिय युवतिले काेराेना जितिन्
गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
सामूहिक राजीनामा दिने ५ मन्त्रीको तयारी
मातृसेवा प्रतिष्ठानको २२९ विद्यार्थीलाई छात्रवृत्ति
अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी