वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन लागेको कोप–२६ सम्मेलनअघि एउटा प्रतिवेदन सार्वजनिक गर्दै डब्ल्यूएचओले वायु प्रदूषण खतरनाक भएको चेतावनी दिएको हो ।

वायु प्रदूषणको कारणा विश्वमा प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको मृत्यु हुँदै आएको छ । आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरु वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेको छ ।

उसले आफ्नो १ सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ । डब्ल्यूएचओले वायु प्रदूषणलाई धूमपान र अस्वस्थ आहारकै श्रेणीमा रहेको छ ।

बुधबार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम २.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा पहिलेको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ । त्यस्ता कणहरु ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छ ।

निर्देशिकामा भनिएको छ, ‘विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पीएम २.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्थ्यो ।’ प्रतिवेदनमा ओजोन, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइ र कार्बन मनक्साइडलाई पनि हानिकारक प्रदूषणको रुपमा खुट्याइएको छ । वायु प्रदूषणको कारण मुटु रोग र स्ट्रोक हुन सक्छ । बालबालिकाको फोक्सोको विकास रोकिदिन सक्छ र नराम्रो किसिमको दम गराउन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

अलबिदा जनगायक टुहुरे !
प्रहरीको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु
अप्सरा रानीकाे बाेल्ड तस्विर (फाेटाेफिचर)
नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन
घरभित्रै दशैँ मनाउन चितवन प्रशासनको अनुरोध
गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी