सन्दिपको ओडिआई बरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनल सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको ओडिआई बरियतामा माथि उक्लिएका छन् । सन्दिप नयाँ ओडिआई बरियताको बलिङतर्फ ७९औं स्थानमा उक्लिएका हुन् । उनले फड्को मार्ने क्रममा भारतका हार्दिक पाण्डे, अष्ट्रेलियाका मिचेल मार्स जस्ता चर्चित खेलाडीलाई पछि पार्दै आफ्नो बरियतामा सुधार गरेका हुन् ।

भर्खर मात्र ओमान भ्रमणमा सन्दिपले उत्कृष्ट प्रदर्शन गरेपछि ओडिआई बरियतामा फड्को मारेका हुन् । आइसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडीआइ सिरिज र पपुवा न्युगिनीसँगको दुईवटा ओडिआइ खेलमा सन्दिपले कूल १८ विकेट लिंदै सान प्रदर्शन गरेका थिए ।

पपुवा न्युगिनी विरुद्ध पहिलो खेलमै चार विकेट लिएका सन्दिपले दोस्रो खेलमा ६ विकेट लिंदै नेपाललाई सहज जीत दिलाएका थिए । ओमानसँगको पहिलो खेलमा भने पेटमा चोट लागेका कारण सन्दिपले बलिङ गर्न पाएका थिएनन् । सन्दिपले पछिल्लो १६ ओडिआई खेलमा ४१ विकेट लिइसकेका छन् । नेपाल भने ओडिआई बरियतामा १६औं स्थानमा र टी-ट्वान्टी आई बरियतामा १३औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

प्रधानन्यायाधीशले राजनीतिक दलसँग किन खोज्दै छन् भाग ?
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
चीन र भारतबीच विश्वव्यापी प्रतिस्पर्धा
बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान
निगमले २३ अगष्टमा काठमाडौँ–दुबइ उडान गर्ने
पूर्व सचिवकी श्रीमतीलाई कामदारले पिर्काले हिर्काएर मारेको भेटियो

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी