सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

 

सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले सिमानाका खुल्ला गर्ने निर्णय ग-यो । मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको हो । तर निर्णय गरेको विहीवार ती दिन वितिसक्दा पनि भारतसंग जोडिएको सप्तरीका सिमानाकाहरु अझै खुलेको छैन ।

२०७६ साल चैत्र पहिलो साता देखी बन्द गरेका सिमा नाका सरकारले यस अघि पैदल आउजाउ र खाद्यन्न आयतका लागि खुल्ला गरेपनि सवारी आवागमन रोकेको थियो । पछिल्लो पटक सरकारले सवारी आवागमन पनि खोल्ने निर्णय गरेको छ । तर निर्णय फायल मै सिमीत हुँदा विहीवार सम्म पनि नाका खुल्ल नसकेको र आफुहरु समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् । सरकारले सिमानाका खुल्ला गर्ने निर्णय गरेको खबर सुनेपछि गाडी लिएर भारतको दरभंगाबाट विहीवार घर फर्कदै गरेका छिन्नमस्ता गाउँपालिकाका मो.इर्शादले भने “नाकामा आउदा त खुलेकै छैन भन्दै गाडी सहित सुरक्षाकर्मीले प्रवेश गर्न दिएनन ।”

उनले भाडामा लिएर आएको भारतीय नम्बरको गाडी उतै फिर्ता पठाएर पैदलै सपरिवार नाका पारी आएको बताए । उनीमात्र होईन । तीनदिन अघि नाका खुल्यो भनेर संचार माध्यमबाट खबर पाएपछि काम विषेशले भारतमा रहेका मध्येका गाडी चढी फर्किने दर्जनौ ब्यक्ति सिमा क्षेत्रमा अलपत्र परेका छन् । नाकामा रहेका सुरक्षाकर्मीले नाका नखुलेको भन्दै गाडी आवागमन गर्न रोक लगाउदा आफुहरु समस्यामा परेको पिडीत सर्वसाधारणको गुनासो छ ।

“चाडपर्व नजिकिँदै छ, विहेवारीको लगन पनि शूरु हुने महिना आउदै छ, शिक्षण संस्थाहरु पनि धमाधम खुलीरहेका छन्, विहेवारी,शिक्षा दिक्षा र उपचारका लागी सिमावर्ती क्षेत्र वारीपारी गर्नू जरुरी छ ।’ नागरिक संजाल सप्तरीका अध्यक्षन सुखराम यादव भन्दछन् ‘तर नाका खोल्ने विषयमा अन्यौल कायमै रहँदा सर्वसाधारणले अनावश्यक दुःख ब्योहोर्नू परेको छ ।”

नाका बन्द हुदा सर्वाधिक आउजाउ हुने सप्तरीको तिलाठी कोइलाडी स्थित कुनौली नाकामा अहिले पनि ठुलो ब्याग,बोरा,झोला लगायतका समाग्री टाउकोमा बोकेर सर्वसाधारण पैदलै आउजाउ गरेको दृश्य विहान देखी साँझ सम्म देखिने गरेको स्थानीयवासी देवनारायण यादवले सुनाए । पिडीतहरु भन्छन–“नाका खोल्ने विषयमा निर्णय गर्ने तर कार्यान्वयनमा ल्याउन नसक्ने सरकारले अनावश्यकरुपमा दुख दिने काम मात्र गरेको छ ।”

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले सरकारले डेढ वर्ष देखी बन्द रहेका सबै सिमानाका खुल्ला गर्ने निर्णय गरेको खबर आफुले पनि विभिन्न संचार माध्यमबाट सुनेको बताए । यद्यपी यसवारे सम्बन्धित निकायबाट कुनै आधिकारीक पत्र नआएकाले कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

कोरोना संक्रमणमुक्त हुने क्रम बढ्दो, असोजयता २१ हजार १४ जना संक्रमणमुक्त
सर्वोच्चको छानबिन समिति सक्रिय बन्न जरुरी
क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना
मेलम्ची सपना र खुसी
हेलम्बु गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई दैनिक खाजा भत्ता
कोरोना कहर : हवाई यात्रु घटे

आजको समाचार

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली

साताका लोकप्रिय समाचार

इलाममा पत्नी र छोरीको टोकेर हत्या
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

इलाममा पत्नी र छोरीको टोकेर हत्या
Kumar Raut || 26 October 2021
इलाम । इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् । देउमाई नगरपालिका–५ बारुङका...

कुरी-कुरी