किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

 

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय केशव राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार पक्राउ परेका राईलाई उच्च अदालत विराटनगरबाट पक्राउ पूर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतरा सुनसरीको सहायक पदमा कार्यरत रहेको अवस्थामा उक्त बैंकमा खाता सञ्चालन गरी रकम कारोबार गर्दै आएकी पार्वती बिष्टको खाताको रकम कीर्ते दस्तखत गरी विभिन्न मितिमा २७ लाख (सत्ताइस लाख) झ्वाम् पारेका थिए । ‘यो महेन्द्रनगरबाट चलेको केस हो, हामीले फरार रहेका उनलाई खोजी गरेर पक्राउ गरी महेन्द्रनगरमै जिम्मा लगाएका छौँ,’ प्रहरी निरीक्षक भट्टराईले फोन सम्पर्कमा भने, ‘अनाधिकृत रुपमा अन्य व्यक्तिको रकम निकालेर फरार रहेका राईलाई खोजतलासको क्रममा इटहरी ४ तुलसा टोलबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेका उनलाई उच्च अदालत विराटनगरबाट सातदिनको म्याद थप गरी बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

एपीएफ समूह विजेता
फुटबल टोली स्वदेश फिर्ता
नेप्सेमा नयाँ कीर्तिमान, वाणिज्य बैंकमा लगानीकर्ता आकर्षित
संक्रमित बढेकाे बढ्यै, अक्सिजन अभाव
जीतपुर सिमरामा कोरोना संक्रमणबाट पुर्व प्रहरीको मृत्यु
कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी