दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट ईपीएल खेल्न हिजाे नेपाल आइपुगेका हुन् ।

अफ्रिदी यस संस्करणको ईपीएल खेल्ने सर्वाधिक ठूला खेलाडी हुन् । अफ्रिदीले ईपीएलको सुरुवाती दुई खेल मात्रै खेल्ने छन् । अफ्रिदीले शनिबार हुने ललितपुर प्याट्रियट्र्सविरुद्ध र सोमबार विराटनगर वारियर्सविरुद्ध खेल्ने तालिका छ । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डर हुन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडीआई, ९९ टी–२० आई र ३ सय २६ टी–२० खेल खेलेका छन् ।

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन बनाएका छन् । ओडीआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टी–२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । अफ्रिदीले टी–२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । ओडीआईमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान एवि डिभिलियर्सको नाममा ३१ बलमा वेस्टइन्डिजविरुद्ध छ । वेस्टइन्डिजविरुद्ध २०१३ मा ९ ओभरमा १२ रन खर्चेर ७ विकेट लिएका थिए ।

जुन श्रीलंका चामिन्डा भासको ८–१९ पछि सीमित ओभरको उत्कृष्ट प्रदर्शन हो । २००९ को टी–२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २००७ को टी–२० विश्वकपमा अफ्रिदी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । २०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । अफ्रिदीसँग झन्डै दुई दर्जन टी–२० लिगको अनुभव छ । ईपीएल असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

अफ्रिदीको तालिका
बिहीबार नेपाल आइपुगेका शाहिद अफ्रिदी आफ्नो टिम काठमाडौं किंस इलेभेनसँगै सोल्टी होटेलमा बस्ने छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने तालिका छ । भेटमा ईपीएल आयोजकसँगै सहभागी टोलीले पनि राष्ट्रपतिसँग भेट गर्ने तय भएको छ । उनी काठमाडौं किंग्स इलेभेनको पत्रकार सम्मेलनमा पनि उपस्थित हुने छन् ।

अफ्रिदीले ईपीएलमा काठमाडौंले खेल्ने सुरुवाती दुई खेल मात्र खेल्ने छन् । अफ्रिदीले शनिबार ललितपुर प्याट्रियट्सँगको उद्घाटन खेल र सोमबार विराटनगर वारियर्ससँगको खेलमा सहभागिता जनाउने छन् । करिब ५ दिन काठमाडांैमा रहने अफ्रिदीले शिष्टाचार भेटदेखि माउन्टेन फ्लाइटसम्मका कार्यक्रम तय भएको छ । अफ्रिदी २६ सेप्टेम्बरमा माउन्टेन फ्लाइटदेखि दराज, शिवम् सिमेन्ट र बजाज पल्सरका विभिन्न कार्यक्रममा उपस्थित हुने छन् । अफ्रिदी २७ सेप्टेम्बरमा पाकिस्तान फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

विराटनगर महानगरमा ५ दिने निषेधाज्ञा जारी
सुन तस्करीको जालो तोड
अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मगर दिवसमा सार्वजनिक बिदा
साउन १५, २०७८

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी