एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

 

गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् ।

आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले देशमा संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे ।

देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको उनले बताए । उनले देशलाई अग्रगमनको बाटोमा डोर्याउने उद्देश्य बोकेका क्रान्तिकारीहरुबीच चाडै एकता भएर एउटा सशक्त शक्ति निर्माण हुने बताए ।

‘आज देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिदै गएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरु निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण छ । तर कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेका छन् जसको कुनै अर्थ छैन्’ पूर्वमन्त्री साहले भने, ‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरुको ध्रुवीकरण जरुरी छ । र छिटै क्रान्तिकारीहरुको एकीकृत शक्ति निर्माण हुँदैछ ।’

यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने बताउदै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहो-याएर पालिका प्रमुख बन्न चाहने यी ७ उम्मेदवारहरु