इजरायल जान आवेदन दिएकामध्ये झन्डै २८ सयजनाको कागजपत्र नक्कली

काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेस गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो ।

संसद्को उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले यस्तो जानकारी गराएका हुन् । महानिर्देशक काफ्लेका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए ।

आवेदकले प्रमाणपत्रहरू, उचाइ, तौल, शेक्षिक योग्यतालगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएका थिए । तर, प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्ध गरेको र अहिलेसम्म एक जना पनि आफ्नो आवेदन किन रद्ध भयो भनेर सोध्न नआएको उनको भनाइ थियो ।

यसले आफूहरूले नक्कली भनेर गरेको विश्लेषणसहितको प्रमाणीकरण ठीक थियो भन्ने देखाएको महानिर्देशक काफ्लेले बताए । विभागका अनुसार गत २८ भदौमा भएको परीक्षामा ६ हजार ३ सय १७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६ ससय ९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो ।

यसैगरी, उनले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरेर जाँच गरिएको बताए । ‘सचिवज्यू र इजरायलका राजदूतज्यूले पोको खोलिदिनुभएपछि रातभर लगाएर हामीले भोलिपल्ट १० बजेसम्म नतिजा तयार गरेका थियौं,’ उनले भने, ‘११ बजे हामीले परीक्षाफल प्रकाशित गरेका थियौं ।’

सो परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । भाषा परीक्षा पास भएकाहरूको अन्तर्वार्ता लिइनेछ । अन्तर्वार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।

छनोट भएकाहरूको सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७ सय महिला र ३ सय पुरुष इजरायल रोजगारका लागि जान पाउनेछन् । यसरी जाने नेपाली कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । खानाको खर्च भने कामदार आफैंले गर्नुपर्नेछ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरको खर्च कामदार आफैंले बेहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बिमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने कामदारले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा नेपाली कामदार लैजानेगरी २०७७ सालको ८ माघमा दुई मुलुकबीच समझदारी भएको थियो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

प्रीति आले भन्दैछिन् ‘हामी त नाच्ने हो डिस्टर्ब नगर’
सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण
तेजविलाशले ल्याए उच्छलन
लोक संवादमा शिक्षा
इवामुरा अस्पतालले जिउदो मान्छेलाई ‘म-यो’ भनेपछि
निजामती सेवा दिवस : नारा एउटा, काम अर्कै

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी