बलात्कारीलाई १० वर्ष कैद, झुटो बयान दिने पिडितकी आमालाई पाँच हजार जमिाना

दैलेख । दैलेखमा बलात्कारसम्बन्धी घटनामा अदालत पुगेको घटनामा मुद्दाका दुवै पक्षलाई सजाय भएको छ । प्रहरीमा दिएको जाहेरीविपरीत बयान बदलेपछि मुद्दाका दुवै पक्षलाई अदालतले सजाय गरेको हो । बलात्कारमा दोषी ठहरिएका दुल्लु नपा–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र छोरी बलात्कृत भएको भनी प्रहरीमा दिएको जाहेरीविपरीत अदालतमा बयान बदलेको कारण मुद्दाका दुवै पक्षलाई सजाय भएको हो ।

१७ वर्षीया किशारीलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको कसूरमा भण्डारीलाई १० वर्ष कैद र आरोपित भण्डारी जोगाउन बलात्कार भएको होइन भनी वकपत्र गरेकी पीडित बालिकाकी आमालाई ५ हजार जरिमाना गर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेले जानकारी दिए ।

उजुरी गर्दा पाँच साताको गर्भ रहेको जनाइएकोमा कानुनअनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित व्यहोराविपरीत वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय गरेको जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले प्रस्ट्याए ।

१० वैशाख २०७७ मा झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले बलात्कार गरेको पीडित पक्षले २०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण त्यही दिन जिल्ला अस्पताल दैलेखमा भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई प्रहरीले जेठ १९ गते घरबाटै गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालयमार्फत २०७७ असार ८ गते दैलेख जिल्ला अदालतमा पेस गरेको जबरजस्ती करणी अभियोगमा भएको थुनछेक बहसपछि पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।

राज्यको साधन स्रोत र जनशक्तिको खर्च गराएर मुद्दा चलिसकेका मुद्दामा विभिन्न प्रलोभन, डर, धाक र दबाबमा मुद्दा होस्टायल गराउने खराब प्रचलन बसेको बेला मुद्दाका दुवै पक्षलाई सजाय हुनुले यस्ता विकृति रोकथाममा सहयोग पुग्ने दैलेखका प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सरकारी अस्पतालमा फोहोर व्यवस्थापन फितलो
गण्डकीमा कोरोना जित्नेहरु १० पुगे
कालिकोटमा क्वारेन्टाइनबाट घर पठाइएका एक जनाको मृत्यु
यूरोकप: नकआउट चरणको समीकरण पूरा
मोफसलमा अनाथालयको आवश्यकता
नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी